गल्छीमा १ करोड ११ लाखको लागतमा ‘छाङ्गेस्वर सभाहल’ निर्माण
333 पटक पढिएको
धादिङ । धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ मा १ करोड ११ लाखभन्दा बढी लागतमा निर्माण गरिएको ‘छाङ्गेस्वर सभाहल’ को निर्माण कार्य सम्पन्न भई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना, धादिङको सहयोगमा रु. १,११,६५,२०७.५६ को लागतमा निर्माण गरिएको उक्त सभाहल दुई तले आरसीसी संरचनामा निर्माण गरिएको हो।
शनिवार एक कार्यक्रमका बिच आयोजनाका इन्जिनियर सुनिल भुसालले गल्छी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिशाल लुङ्गेली मगरलाई सभाहलको चाबी हस्तान्तरण गर्नुभएको हो। श्री सहाशिक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.द्वारा निर्माण गरिएको यस सभाहलमा सिभिल,इलेक्ट्रिकल तथा स्यानिटरीसम्बन्धी आधुनिक पूर्वाधार सुविधा उपलब्ध गराइएको छ।
भवन हस्तान्तरण कार्यक्रमसँगै छाङ्गेस्वर महादेव तथा छाङ्गेस्वर मन्दिर स्थान संरक्षण तथा पर्यटन विकास समितिको पुनर्गठन भेला पनि सम्पन्न भएको छ। भेलाले पेशल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा शिवबहादुर मगर,सचिवमा रामचन्द्र गोतामे सह–सचिवमा मिरा सेढाई बानिया,कोषाध्यक्षमा चन्द्रावती खतिवडा चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा रमेश गोतामे, ओमबहादुर ज्ञामी मगर, तप्तबहादुर नेपाल क्षेत्री, बुद्धिप्रसाद रिजाल, सत्यकृष्ण खतिवडा, सावित्री कार्की, अनिता खड्का र मीना लुङ्गेली मगर रहनुभएको छ।
सल्लाहकार समितिमा लक्ष्मणदास महर्जन, रमेशप्रसाद खनाल, चन्द्रकुमारी गोतामे, खिमप्रसाद अमगाईं, रेशमराज खतिवडा, गीता खरेल र गोमा रिमाल चयन हुनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गल्छी गाउँपालिका–८ का वडा अध्यक्ष बिशाल लुङ्गेली मगरले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छाङ्गेस्वरी मन्दिरको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले मन्दिर क्षेत्रको पूर्वाधार विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि आगामी दिनमा आवश्यक बजेट विनियोजन गर्न पहल जारी रहने र स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनिर्मित सभाहलको सञ्चालन र नयाँ कार्यसमितिको गठनसँगै छाङ्गेस्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा नयाँ गति आउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।








Monetize your influence—become an affiliate today!
It’s great seeing platforms prioritize secure access – KYC is so important! Thinking about responsible gaming, a smooth, verified experience like with jljl55 ph app slot download can really help. User experience matters a lot, too!