राष्ट्रियसभा सदस्य निर्वाचनआज
358 पटक पढिएको
काठमाडौं ।राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्य पदका लागि आज माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ र यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको हो। कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्।
बाँकी १७ पदका लागि सातै प्रदेशमा मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ। कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मोरङमा मतदान हुने व्यवस्था गरिएको छ। मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४, धनुषामा मतदान केन्द्र निर्धारण गरिएको छ।

बागमती प्रदेशको मतदान केन्द्र भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४, मकवानपुरमा तोकिएको छ। त्यसैगरी गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा, कास्कीमा मतदान हुनेछ। लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, घोराही, दाङमा मतदान केन्द्र राखिएको छ।
कर्णाली प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर, सुर्खेतमा हुने भएको छ भने सुदूरपश्चिम प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी, कैलालीमा हुने तय गरिएको आयोगले जनाएको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ। आयोगले सबै मतदातालाई तोकिएको समयभित्र मतदानमा सहभागी हुन आग्रह गरेको छ।







wow your article is simply a masterpiece, i like that, keep it up and will be checking for new update. do you post often? you can check the biggest webdesign freelancer in platform in germany called https://webdesignfreelancerfrankfurt.de/ Thank you for your wonderful post
wow your article is simply a masterpiece, i like that, keep it up and will be checking for new update. do you post often? you can check the biggest webdesign freelancer in platform in germany called https://webdesignfreelancerfrankfurt.de/ Thank you for your wonderful post