नेपालमा पश्चिमी वायुको प्रभाव, हल्का हिमपात सम्भावना
305 पटक पढिएको
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल रहने अनुमान गरिएको छ।
महाशाखाले जनाएको छ कि दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुने सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने बताइएको छ।

पूर्वी तथा मध्य तराई भू–भागमा बिहानिपख हुस्सु पर्ने सम्भावना रहेको छ। साथै, आज राति देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात वा वर्षा हुने र गण्डकी तथा कर्णाली प्रदेशका बाँकी पहाडी भू–भागमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







Tap into a new revenue stream—become an affiliate partner!
wow your article is simply a masterpiece, i like that, keep it up and will be checking for new update. do you post often? you can check the biggest webdesign freelancer in platform in germany called https://webdesignfreelancerfrankfurt.de/ Thank you for your wonderful post