दशौं धादिङ महोत्सवको उद्घाटन चन्द्र ढकालले गर्ने
379 पटक पढिएको
धादिङबेसी – माघ १५ गतेदेखि धादिङबेसीमा दशौं धादिङ महोत्सव सुरु हुन लागेको छ। महोत्सवको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्ने छन्। महोत्सव धादिङ उद्योग बाणिज्य संघको आयोजनामा माघ १५ देखि २५ गतेसम्म संचालन हुने कार्यक्रम रहेको छ।
महोत्सव “धादिङको दिगो विकास र अर्थतन्त्रको आधार: कृषि, जलस्रोत, पर्यटन र उद्योग” भन्ने मूल नाराका साथ आयोजना गरिएको छ। उद्घाटन सत्रअघि रुधादिङ जिल्लाको धार्मिक र साँस्कृतिक पहिचान प्रस्तुत गर्ने झाँकी, नृत्य तथा बाजागाजा सहित बजारमा शोभा यात्रा निकालिने आयोजकले जानकारी दिएका छन्।

यस अवसरमा जिल्लाका कृषिजन्य उत्पादनहरूको प्रदर्शनी हुने तथा उत्कृष्ट बाली उत्पादन गर्ने कृषकलाई पुरस्कार प्रदान गरिनेछ। कृषि विकास कार्यालयले महोत्सवकै अवसरमा कृषि उत्पादन सम्बन्धी प्रतियोगिता सञ्चालन गर्ने र कृषिजन्य बस्तु तथा सामाग्रीको छुट्टै प्रदर्शनी राखिने जानकारी दिएको छ। महोत्सव आयोजक समितिले जिल्लाभरका कृषकहरूलाई आफ्ना उत्पादन ल्याउनको लागि समेत आह्वान गरेको छ।
महोत्सवले जिल्लाको कृषि उत्पादन, स्थानीय उद्योग, पर्यटन सम्भावना तथा जलस्रोतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि बढाउने उद्देश्य पनि यस महोत्सवको मुख्य लक्ष्य रहेको आयोजकहरूले बताए।
महोत्सव धादिङबेसीको खुल्ला मञ्चमा आयोजना हुँदैछ। यस पटक महोत्सवले धादिङ जिल्लाको भैरबी मन्दिरलाई धार्मिक र पर्यटकीय दृष्टिले प्रचार–प्रसार र प्रवद्र्धन गर्ने योजना बनाएको छ। भैरबी मन्दिर हाल आन्तरिक पर्यटकहरूको रोजाईमा पर्दै आएको छ।







Sign up now and access top-converting affiliate offers!