कस्तो रहला आज दिनभरको मौसम
326 पटक पढिएको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।
विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ।
आज देशका सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात तथा वर्षा हुने सम्भावना रहेको छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
त्यसैगरी बागमती, मधेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग पनि पर्न सक्ने विभागको चेतावनी छ।
आज राति भने देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने विभागले जनाएको छ।







Partner with us and earn recurring commissions—join the affiliate program!
Promote our brand and watch your income grow—join today!