प्रतिनिधिसभा निर्वाचन लक्षित ‘मतदाता शिक्षा’ फागुन ३ देखि, ६ हजारभन्दा बढी स्वयंसेवक घरदैलोमा खटिने
433 पटक पढिएको
काठमाडौँ— प्रतिनिधिसभाको निर्वाचन आउन अब २२ दिन मात्र बाँकी छँदा निर्वाचन आयोगले आफ्नो तयारीलाई थप तीव्रता दिएको छ। आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। मतदान प्रक्रियालाई सर्वसाधारणका लागि सहज र सरल बनाउनुका साथै निर्वाचनमा बदर हुने मतको अनुपातलाई उल्लेख्य रूपमा घटाउन आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म यो विशेष अभियान सञ्चालन गर्न लागेको हो।
यस कार्यक्रम अन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ। यी स्वयंसेवकहरू प्रत्यक्ष रूपमा मतदाताको घरदैलो र बस्तीमा पुगेर नमूना मतपत्रको प्रयोग गर्दै निर्वाचनको महत्व र सही तरिकाले मतदान गर्ने प्रक्रियाबारे विस्तृत जानकारी दिनेछन्। आयोगले यसअघि नै स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिहरूलाई नै यस कार्यक्रमको प्रभावकारी अनुगमनको जिम्मेवारी समेत सुम्पिएको छ।
निर्वाचनमा मतदाताको सक्रिय सहभागिता बढाउन र मत बदर हुने समस्यालाई न्यूनीकरण गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ। यस अभियानलाई सफल बनाउन आयोगले सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत लगायत सम्पूर्ण सरोकारवाला पक्षहरूलाई आवश्यक सहयोग र समन्वयका लागि विशेष अनुरोध समेत गरेको छ। आम नागरिकलाई आफ्नो मताधिकारको महत्व बुझाउँदै सही ढंगले मतदान गर्न सिकाउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाइएको हो।








This grassroots voter education approach is brilliant – deploying 6,000+ volunteers directly to households mirrors how successful gaming platforms like legend link com engage users through personalized outreach. doorstep education significantly reduces invalid votes while building trust. Smart strategy combining technology with human connection.
ketocare You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!
Trying to keep up with the scores, and someone told me about Bongdalu 2. Seems like a decent place for live updates. Gonna check it out during the next game. Give it a peek at bongdalu 2.
Keonhacai.5, huh? Short and sweet. Wonder if the odds are just as good. Giving it a shot. Wish me luck! Check them out at: keonhacai.5.