पन्ध्रकोष कृषक समूहको स्पष्टीकरण: भ्रष्टाचारको आरोप संस्था बदनाम गर्ने षड्यन्त्र मात्रै

978 पटक पढिएको

२८ माघ २०८२, बुधबार २२:०३ सम्पादक: धादिङ न्यूज

धादिङ- नेत्रावती डबजोङ गाउँपालिका–४ मा सञ्चालित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम’ अन्तर्गत बाख्रापालन अनुदानमा अनियमितता भएको भन्दै प्रकाशित समाचारप्रति पन्ध्रकोष कृषि तथा पशुपालन कृषक समूहले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८२ माघ २७ गते ‘धादिङ न्यूज डट कम’ मा प्रकाशित “नेत्रावती डबजोङमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम विवादमा, ६६ लाख अनियमितता” शीर्षकको समाचारप्रति पन्ध्रकोष कृषक समूहले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको छ।

धादिङ न्यूज डट कममा २०८२ माघ २७ गते शिर्षकमा समाचार प्रकाशित भएपछि कृषक समूहले माघ २८ गते विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । कृषक समूहले समाचारमा आएका बिषय प्रति गम्भिर ध्यानाकर्षण भएको वताएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङमा परेको उजुरी र त्यसपछि सार्वजनिक समाचारमा लगाइएका ६६ लाख भ्रष्टाचार तथा नातावादका आरोपहरू पूर्णतः निराधार, भ्रामक र कपोलकल्पित रहेको समूहको दाबी छ।

समूहका अध्यक्ष राजु तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारमा उल्लेख गरिए जस्तो नातावाद वा आफन्तलाई प्राथमिकता दिएको भन्ने विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभएको छ। २८ जना कृषकहरूको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको र सबै सदस्यहरू पूर्ण रूपमा लाभग्राही भएको अवस्थामा उजुरीपत्रमा उल्लेख भएका आरोपलाई मात्रै आधार मानेर समाचार लेखिएको समूहले जनाएको छ ।

कसैले प्रतिशोध राखेर आरोप लगाई प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको र सो उजुरीको आसयनै गलत भएको समूहले जनाएको छ ।  कोषाध्यक्ष नियुक्ति र सदस्य व्यवस्थापनका विषयमा लगाइएका आरोपहरू संस्थालाई बदनाम गर्ने उद्देश्यले प्रेरित रहेको भन्दै अध्यक्ष तामाङले उजुरीकर्तासँग ती आरोप पुष्टि गर्ने कुनै आधार नभएको बताउनुभएको छ।

विज्ञप्तिमा खोर सुधार र बाख्रा खरिदमा भएको भनिएको घोटालाको पनि कडा प्रतिवाद गरिएको छ। सरकारी अनुदान सिधै कृषकको खातामा नगई नगद बाँडिएको र खाली भरपाईमा हस्ताक्षर गराएको भन्ने आरोपको खण्डन गर्दै समूहले सबै प्रक्रिया पारदर्शी र विधिसम्मत रहेको जनाएको छ। त्यस्तै, सदस्यहरूबाट १५०० रुपैयाँ उठाइएको भन्ने कुरा गलत भएको र समूह गठनका समयमा बचत स्वरूप प्रति व्यक्ति ५०० रुपैयाँ मात्र संकलन गरिएको यथार्थ स्पष्ट पारिएको छ। बिचौलियाको चलखेल र उपकरण खरिदमा भएको भनिएको अनियमिततामा कुनै सत्यता नभएको र यस्ता दाबीहरू पुष्टि गर्न समूहले चुनौती समेत दिएको छ।

अहिलेको विवादले समाजमा भ्रम र बैरभाव सिर्जना गरेको उल्लेख गर्दै पन्ध्रकोष कृषक समूहले सरोकारवाला निकायहरूलाई जुनसुकै बेला स्थलगत अनुगमन र मूल्यांकन गर्न आग्रह गरेको छ। समूहले आफूहरू अनुगमनका लागि पूर्ण सहयोग गर्न तयार रहेको र आगामी दिनमा सत्यतथ्य नबुझी सामाजिक सञ्जाल वा सञ्चार माध्यममा मानमर्दन हुने गरी समाचार सम्प्रेषण नगरिदिन आग्रह गरिएको छ ।

 


Is it Winbet or Winnbet? Whatever it is, I keep hearing good things! Someone tell me what’s good about “winnbet” because I’m itching to try something new. See if it’s Winnbet this way: winnbet