आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा कुहिरोको असर
391 पटक पढिएको
काठमाडौँ, ३ फागुन। नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएकाले देशका विभिन्न भागको मौसममा फेरबदल आएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा उच्च हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना देखिएको छ भने कर्णाली र अन्य प्रदेशका उच्च पहाडी भागमा पनि एक-दुई स्थानमा छिटफुट हिमपात हुन सक्ने अनुमान गरिएको छ।
तराईका जिल्लाहरूमा भने आज बिहानदेखि मध्याह्नसम्म कुहिरो र हुस्सु लाग्ने भएकाले जनजीवनमा केही प्रभाव पर्न सक्ने देखिए पनि दिउँसोबाट मौसम बिस्तारै सफा हुँदै जानेछ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहने महाशाखाको भनाइ छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने र तराईमा रातिको समयमा हल्का तुँवालो लाग्न सक्ने प्रक्षेपण गरिएको छ।








Excellent weather analysis! This regional forecasting precision reminds me of how lightweight AI architectures handle contextual data efficiently. Just as meteorological systems process multiple variables, modern nano bot frameworks demonstrate how 4000 lines of Python can outperform massive codebases through smart design principles. The hybrid approach works beautifully across domains.
Turn your audience into earnings—become an affiliate partner today!
Turn referrals into revenue—sign up for our affiliate program today!
Join our affiliate program and watch your earnings skyrocket—sign up now!
Promote our brand and get paid—enroll in our affiliate program!