आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन

344 पटक पढिएको

३ फाल्गुन २०८२, आईतवार ०७:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार स्वीकृत विशेष कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

आमनागरिकलाई मताधिकारको महत्व, मतदानको प्रक्रिया र निर्वाचनसम्बन्धी आधारभूत जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार यो अभियान फागुन १७ गतेसम्म देशका ७ सय ५३ स्थानीय तहअन्तर्गत ६ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ।

कार्यक्रमका लागि प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकले मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान गर्ने तरिकाबारे जानकारी गराउनेछन्।

प्रभावकारी मतदाता शिक्षाबाट निर्वाचनमा मतदाताको सहभागिता वृद्धि हुनुका साथै बदर मतको संख्या घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। यस अभियानलाई सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरिएको नारायणप्रसाद भट्टराईले बताएका छन्।


Hey everyone, checking out eabetplataforma felt like coming home. Lots of familiar games. The mobile version works great which is important for me. Worth a look if you’re trying other platforms out. Give it a try at eabetplataforma

Excellent initiative on voter education! The grassroots approach reaching 6,743 wards shows deep civic commitment. Similar to how legend link club builds community through strategic engagement, this program’s door-to-door methodology will meaningfully boost informed participation and reduce invalid votes across Nepal’s democratic landscape.