पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडकखण्डको ११ किलोमिटर कालोपत्र सम्पन्न

388 पटक पढिएको

३ फाल्गुन २०८२, आईतवार २१:१७ सम्पादक: धादिङ न्यूज

चितवन, ३ फागुन । पृथ्वी राजमार्गको स्तरोन्नति अन्तर्गत नागढुङ्गा–मलेखु सडकखण्डको ११ किलोमिटर क्षेत्रमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार गत वर्ष आठ किलोमिटर सडक कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर खण्डमा पिच थपिएको हो। आयोजनाका इन्जिनियर विजय दरैले तेस्रो चरणको काम अन्तर्गत हालसम्म समग्रमा ४० प्रतिशत प्रगति हासिल भएको जानकारी दिएका छन्।

हालसम्म कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्रहरूमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा अहिले कालोपत्र गर्ने काम जारी रहेको छ। आयोजनाका अनुसार फिस्लिङ र जवाङ खोला क्षेत्रमा सडकको बेस र सबबेस राख्ने काम सकिएको छ। यस खण्डमा निर्माण गर्नुपर्ने कूल छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको संरचना निर्माणको काम भइरहेको छ। निर्माण कार्यलाई तीव्रता दिइए पनि दीर्घकालीन रूपमा निर्माण सामग्रीको अभाव हुन सक्ने चिन्ता आयोजनाले व्यक्त गरेको छ।

हाल धादिङको चरौदी, बेनिघाट र चितवनको इच्छाकामना क्षेत्रबाट निर्माण सामग्री आपूर्ति भइरहेको छ। विश्व बैंकको ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ ऋण सहयोगमा सञ्चालित ३८ किलोमिटर लामो यो सडकखण्डको स्तरोन्नति कार्यलाई निकै महत्त्वका साथ हेरिएको छ। राजधानी जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो सडक विस्तार भएपछि सवारी आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।


Really insightful article! The focus on user experience in mobile gaming is key. Platforms like 369jl club are raising the bar with innovative designs & easy access – app & browser options are a big plus! Definitely a growing market.

this is one of the best article i have came across for very long time, i enjoy reading your article, you really have put on a lot of effort and work, gebäudereinigungberlin24.de is the best building cleaning agency in berlin