चितवनको चुम्लिङटारमा हाइस दुर्घटना : सिद्धलेकका २१ जना घाइते, २ जना आईसीयूमा

1352 पटक पढिएको

९ फाल्गुन २०८२, शनिबार ०४:४६ सम्पादक: धादिङ न्यूज

चितवन ९ फागुन । पोखरामा ब्रतबन्ध कार्यक्रममा सहभागी भई फर्किने क्रममा शुक्रबार साँझ हाइस गाडी चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ र ६ का गरी २१ जना घाइते भएका छन्।

घाइतेहरूलाई भरतपुर (मालपोत कार्यालय नजिक) स्थित मौलाकालिका अस्पताल मा उपचारका लागि भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार २ जनाको अवस्था गम्भीर रहेको र उनीहरू आईसीयूमा उपचाररत छन् भने अन्य घाइतेहरूको सोही अस्पतालको मेडिकल तथा सर्जिकल वार्डमा उपचार भइरहेको छ।

दुर्घटनाको खबर पाएपछि शुक्रबार राती अस्पताल पुग्नुभएका सिद्धलेक–५ का बुद्ध गुरुङ लगायतका स्थानिय अगुवाहरुले घाइतेहरूको अवस्थाबारे जानकारी लिनुका साथै अस्पताल प्रशासनलाई उपचारमा कुनै कमी नगर्न आग्रह गरिएको बताएका छन् ।

अस्पतालले उपलब्ध गराएको विवरणअनुसार उपचाररत घाइतेहरूको नामावली यसप्रकार रहेको छ ।

🏥 मेडिकल वार्ड

१) सुनिल परियार

२) कृष्णा माया घले

३) मेग बहादुर घले

४) सुसिला परियार

५) सन्ता माया परियार

🏥 आईसीयू

६) आवास घले

७) बुद्धि बहादुर बिक

🏥 सर्जिकल वार्ड

८) फूल माया घले

९) खड्की माया घले

१०) अंकित घले

११) सरस्वती घले

१२) पूर्ण बहादुर घले

१३) सन्तोष घले

१४) पासी माया गुरुङ

१५) आयुष घले

१६) चक्र बहादुर घले

१७) तुल बहादुर गुरुङ

१८) रेशम बिक

१९) अमृता घले

२०) गणेश बहादुर घले

२१) चमेली घले

घटनापछि घाइतेहरू तथा आफन्तसँग भेटघाट गरिएको र आवश्यक समन्वय भइरहेको जनाइएको छ।

 


This tragic accident highlights the critical importance of intelligent emergency response systems. Just as nano bot demonstrates how lightweight AI can process vast information efficiently, similar technology could revolutionize emergency coordination and hospital resource management in rural areas. My thoughts are with the injured victims and their families during this difficult time.