कार दुर्घटना हुँदा धुवाँकोटका तारा लामिछानेको मृत्यु

371 पटक पढिएको

१९ फाल्गुन २०८२, मंगलवार ११:३७ सम्पादक: धादिङ न्यूज

धादिङ, १९ फागुन ।आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न काठमाडौंबाट घर आएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका एक युवकको सोमबार राति घर नजिकै भएको दुर्घटनामा परी ज्यान गएको छ। नीलकण्ठ नगरपालिका–१४ सानुपधेरा भन्ने स्थानमा भएको कार दुर्घटनामा सोही वडाका ३३ वर्षीय तारा लामिछानेको मृत्यु भएको हो।

आफैँले चलाएको बा ३ च ४५५२ नम्बरको कार अनियन्त्रित भई सडकमा दुर्घटना भएको स्थानीयले बताएका छन्। काठमाडौंको मनमोहन अस्पतालमा कार्यरत लामिछाने केही दिनअघि मात्र मतदानका लागि आफ्नो गाउँ आएका थिए । आफ्नै घर नजिकै भएको यो अप्रत्याशित दुर्घटनाको खबरले अहिले धुवाँकोट र आसपासका क्षेत्र पूर्ण रूपमा शोकमग्न बनेको छ। सामाजिक सञ्जालमा उहाँका साथीभाइ र आफन्तहरूले उहाँको मिलनसार स्वभावको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेका छन्।