धादिङमा ५०.२९ प्रतिशत मत खस्यो

228 पटक पढिएको

२१ फाल्गुन २०८२, बिहीबार २०:५३ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ५० दशमलव २९ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको प्रारम्भिक विवरण अनुसार जिल्लामा रहेका २ लाख ७५ हजार २८० मतदातामध्ये १ लाख ३८ हजार ४४७ जनाले मतदान गरेका छन्।

जिल्लाभर रहेका ११४ मतदानस्थलबाट मतपेटिका सङ्कलन गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य सुरु गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ का मतपेटिका गल्छी गाउँपालिका–महेशदोभानस्थित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिनेछ भने निर्वाचन क्षेत्र नम्बर २ का मतपेटिका सदरमुकाम धादिङबेसीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख शिवबहादुर गुरुङले जानकारी दिनुभयो।

गुरुङका अनुसार क्षेत्र नम्बर १ का सबै मतपेटिका आज राति १२ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्ने अनुमान गरिएको छ।

त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रुवीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका मतदान केन्द्रहरूबाट मतपेटिका भौगोलिक विकटताका कारण शुक्रबार दिउँसो मात्र सदरमुकाम आइपुग्ने जनाइएको छ।

सदरमुकाम आसपासका पालिकाहरूबाट भने आजै मतपेटिका मतगणनास्थलमा ल्याउने तयारी भइरहेको छ।


Just found this legit spot for safe gaming in PH! The app is super smooth and they really care about responsible play. Check out Bet100 vip before you sign up, it’s totally worth checking them out today!