काठमाडौँ-९ मा डोलप्रसाद अर्याल फराकिलो मतान्तरसहित विजयी

221 पटक पढिएको

२३ फाल्गुन २०८२, शनिबार ०८:५१ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति धादिङ ज्वालामुखी गाउँपालिकाका डोल प्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रभावशाली जित दर्ता गराएका छन्।

काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवार बनेका अर्यालले फराकिलो मतान्तरसहित विजय प्राप्त गरेका हुन्। उनले ३५ हजार ९३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मतमा चित्त बुझाउनुपरेको छ। यो नतिजाले काठमाडौंका मतदाताले नयाँ राजनीतिक विकल्प र नेतृत्वलाई अनुमोदन गरेको स्पष्ट पारेको छ।

अर्यालको संसदीय यात्रा यसअघि समानुपातिक प्रणालीबाट सुरु भएको थियो। वि.सं. २०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका उनी यसपटक भने जनताबाट प्रत्यक्ष निर्वाचित भएर संसद् छिरेका छन्। रास्वपाको कठिन घडीमा कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेका अर्यालले विगतमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा वैदेशिक रोजगारी र श्रमिकका सवालमा काम गरेका थिए।

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएका ५१ वर्षीय अर्यालको राजनीतिक उचाइ निकै संघर्षपूर्ण छ। सामान्य मजदुरका रूपमा वि.सं. २०४९ मा काठमाडौं छिरेका उनले रेस्टुरेन्टमा काम गरेर आफ्नो संघर्षको यात्रा सुरु गरेका थिए। रोजगारीको खोजीमा आठ वर्ष जापान बसेर फर्किएपछि उनले पर्यटन, शिक्षा, कन्सल्टेन्सी, सहकारी र रेमिटेन्सजस्ता विभिन्न व्यावसायिक क्षेत्रमा आफूलाई सक्रिय बनाएका थिए। सुमिरे टुर्स एन्ड ट्राभल्स, हेम्स स्कुल र इजिलिंक रेमिटेन्सजस्ता संस्थामा निर्देशक र सीईओका रूपमा व्यावसायिक नेतृत्व गरिसकेका अर्यालको अनुभवले उनलाई रास्वपाको नीतिगत तहमा अब्बल बनाएको छ। मजदुरबाट उद्यमी र उद्यमीबाट प्रत्यक्ष निर्वाचित जनप्रनिनिधिसम्मको उनको यो यात्रालाई धेरैले प्रेरणादायी रूपमा हेरेका छन्।


Hacklink panel ile SEO dünyasında kontrol sizde olsun. Gerçek zamanlı veriler, akıllı öneriler ve tam özelleştirme imkanı.

Hacklink Panel ile SEO’da zirve ol. Satın alma, analiz ve yönetim işlemlerinizi tek panelden kontrol edin. Güvenli ödeme ve detaylı raporlama ile hacklink …