नेपाली कांग्रेस धादिङका युवा नेता जमकट्टेलद्वारा पदबाट राजीनामा
594 पटक पढिएको
धादिङ । प्रतिनिधिसभा निर्वाचनमा आफ्नो क्षेत्रका उम्मेदवारले कमजोर मत प्राप्त गरेपछि नेपाली कांग्रेस धादिङका क्रियाशील सदस्य बाशुदेव जमकट्टेलले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्।
जमकट्टेलले बागमती प्रदेशको कानुन, न्याय तथा संसदीय मामिला विभागको सदस्य र लोकतान्त्रिक निर्माण व्यवसायी संघ, बागमती प्रदेशको सदस्य पदबाट राजीनामा दिएका हुन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट कांग्रेस उम्मेदवार कृष्ण रिजालको पक्षमा आफ्नो वडा (गजुरी गाउँपालिका-६) बाट अपेक्षित मत नआएपछि उनले उक्त निर्णय लिएका हुन्। पदिय जिम्मेवारी र नैतिकताका आधारमा आफूले राजीनामा दिएको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टीले दिने अन्य जिम्मेवारीहरूलाई भने इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले फेसबुक वालमा लेख्दै राजिनामा दिएको बताएपनि सो राजिनामाको बिषयमा नेपाली काँग्रेसको तर्फबाट आधिकारिक प्रतिकृया भने आएको छैन ।









Get paid for every referral—enroll in our affiliate program!
Start profiting from your network—sign up today!
That’s a solid point about bankroll management – crucial for any game, especially baccarat! Seeing platforms like big bunny vip offer quick deposits (under 60s!) definitely helps stay in the action. Good read!