फेसबुकमार्फत लाइसेन्स बनाइदिने भन्दै ठगी: नक्कली ‘सचिव’ बनेर धन्दा चलाउने धादिङका तामाङविरुद्ध साइबर ब्युरोमा उजुरी
422 पटक पढिएको
काठमाडौं। सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुल्ने एक व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।
धादिङको नीलकण्ठ नगरपालिका–१४ घर भएका अविनाश तामाङले फेसबुकमा “नेपाल लाइसेन्स” नामक पेज सञ्चालन गरी आफूलाई बागमती प्रदेशको यातायात कार्यालयसँग सम्बन्धित उच्च पदस्थ कर्मचारी वा ‘सचिव’को रूपमा प्रस्तुत गर्दै सर्वसाधारणलाई झुक्याउने गरेको आरोप छ।
प्रहरीमा परेको उजुरी अनुसार तामाङले फेसबुक पेजमार्फत लाइसेन्स बनाउन इच्छुक व्यक्तिहरूसँग सम्पर्क गर्दै सरकारी पहुँच प्रयोग गरेर छिटो लाइसेन्स निकालिदिने आश्वासन दिने गरेका थिए। त्यसपछि उनीहरूलाई विश्वासमा पार्दै विभिन्न बहानामा रकम माग्ने गरिएको बताइएको छ।
मोरङ घर भएका अक्षय ताजपुरियाले पनि फेसबुकमा देखिएको उक्त पेजको विज्ञापनमा विश्वास गरी झापा यातायात कार्यालयबाट लाइसेन्स बनाइदिने भन्दै तामाङलाई १० हजार रुपैयाँ पठाएका थिए। तर रकम प्राप्त भएपछि तामाङले उनलाई फेसबुकबाट ब्लक गरेको पीडितले बताएका छन्।
यसरी ठगीमा परेको आशंका गर्दै अन्य व्यक्तिहरूले पनि खोजी थालेपछि तामाङ कुनै सरकारी कर्मचारी नभई नक्कली परिचय प्रयोग गरी योजनाबद्ध रूपमा ठगी धन्दा चलाइरहेको तथ्य खुलेको हो।
पीडितहरूलाई विश्वास दिलाउन तामाङले प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात व्यवस्था निर्देशनालयको नाम उल्लेख भएको नक्कली परिचयपत्र समेत प्रयोग गर्ने गरेको पाइएको छ। उक्त परिचयपत्रमा आफ्नो नाम अविनाश तामाङ, पद ‘सचिव’, कर्मचारी संकेत नम्बर ७६४६९७६८ तथा अन्य विवरण उल्लेख गरिएको देखिन्छ।
तर सम्बन्धित कार्यालयका अधिकारीहरूका अनुसार बागमती प्रदेशको यातायात कार्यालय अन्तर्गत ‘सचिव’ भन्ने पद नै नभएको र उनले प्रयोग गरेको कर्मचारी संकेत नम्बर पनि कुनै आधिकारिक अभिलेखसँग मेल नखाने बताएका छन्।

प्रहरीका अनुसार तामाङले रकम भुक्तानीका लागि डिजिटल वालेट प्रयोग गर्दै आएको र प्रमाण लुकाउने प्रयास गरेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमार्फत सरकारी सेवा छिटो गरिदिने भन्दै रकम माग्ने घटनाहरू पछिल्लो समय बढ्दै गइरहेको भन्दै प्रहरीले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। लाइसेन्स लगायत सरकारी सेवा सम्बन्धी काम सम्बन्धित कार्यालयमा स्वयं उपस्थित भएर वा आधिकारिक सरकारी पोर्टलमार्फत मात्र प्रक्रिया अगाडि बढाउन नागरिकलाई प्रहरीको सुझाव छ।
प्रहरीले सामाजिक सञ्जालमा देखिने यस्ता प्रलोभनमा नपर्न र कसैले सरकारी पदको नाम प्रयोग गरी रकम मागेमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा जानकारी गराउन आग्रह गरेको छ।








Interesting points about adapting games to local markets! Seeing platforms like Bouncy Balls prioritize the Philippines with tech like seamless syncing is smart. Check out bouncy balls download apk for a next-gen experience – impressive uptime stats!
Apply now and receive dedicated support for affiliates!
Earn passive income with every click—sign up today!
Turn referrals into revenue—sign up for our affiliate program today!
Unlock top-tier commissions—become our affiliate partner now!
Apply now and unlock exclusive affiliate rewards!