आयोगद्वारा समानुपातिक सिटको घोषणा, अबको ७२ घण्टाभित्र बन्दसूचीबाट उम्मेदवार छानिसक्नुपर्ने
301 पटक पढिएको
काठमाडौं ।निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्या बाँडफाँट गरेको छ। आयोगका अनुसार यस पटकको निर्वाचनमा कुल तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सफल ६ वटा दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन्।
सिट बाँडफाँटको अन्तिम विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५७ सिट प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २० सिट हात पारेको छ। त्यसैगरी नेकपा एमालेले १६ सिट, नेकपाले ९ सिट तथा श्रम संस्कृति र राप्रपाले समान ४-४ सिट प्राप्त गरेका छन्।
आयोगले सिट संख्या निर्धारण गरेसँगै सम्बन्धित दलहरूलाई आफ्नो बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट निर्वाचित हुनेहरूको नाम पेश गर्न ३ दिनको समयसीमा दिएको छ। दलहरूले समावेशी समूह र क्लस्टर मिलाएर नाम बुझाउनुपर्ने प्रावधान रहेको छ। यो प्रक्रिया सकिएपछि आयोगले निर्वाचनको पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।








看不懂但大受震撼
Share your link, earn rewards—sign up for our affiliate program!