धादिङ बस दुर्घटना छानबिन प्रतिवेदन: चालकको थकान र कमजोर सडक पूर्वाधार मुख्य कारण

302 पटक पढिएको

२९ फाल्गुन २०८२, शुक्रबार २०:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २९ फागुन – धादिङको बेनीघाट रोराङमा भएको भीषण बस दुर्घटनाको मुख्य कारण चालकको थकान र सडक सुरक्षा पूर्वाधारको अभाव रहेको निष्कर्ष छानबिन कार्यदलले निकालेको छ। गत ११ फागुनमा भैँसीगौडामा भएको उक्त दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष आफ्नो प्रतिवेदन बुझाएको हो। गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको संयोजकत्वमा गठित कार्यदलले घटनास्थलको निरीक्षण, सवारीको यान्त्रिक परीक्षण र घाइते यात्रुहरूसँगको सोधपुछका आधारमा यो प्रतिवेदन तयार पारेको जनाएको छ।

प्रतिवेदनअनुसार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको दुर्घटनाग्रस्त बसमा कुनै यान्त्रिक खराबी देखिएको छैन भने चालकले मादक पदार्थ सेवन गरेको प्रमाण समेत फेला परेको छैन। कार्यदलका संयोजक तिवारीका अनुसार रात्रिकालीन यात्राका क्रममा चालक थकित हुनु र ध्यान विचलन हुनु नै दुर्घटनाको मुख्य कडी हो, जसका कारण चालकले सवारीमाथि प्रभावकारी नियन्त्रण कायम राख्न नसक्दा बस सडकबाट तल खसेको थियो। अध्ययनले सो क्षेत्रमा सडक सुरक्षाका न्यूनतम पूर्वाधारहरू समेत अपर्याप्त रहेको औँल्याएको छ।

भविष्यमा यस्ता दुःखद घटना न्यूनीकरण गर्न कार्यदलले सरकारलाई विभिन्न महत्वपूर्ण सुझावहरू समेत दिएको छ। कार्यदलले सार्वजनिक सवारीका चालकहरूको लागि थकान व्यवस्थापन प्रणाली लागू गर्न, सडक सुरक्षाका पूर्वाधारहरूमा तत्काल सुधार र विस्तार गर्न तथा रात्रिकालीन बस सेवामा विशेष निगरानी बढाउन सिफारिस गरेको छ। साथै सबै सार्वजनिक यातायातमा अनिवार्य रूपमा क्यामेरा र ट्र्याकिङ प्रणाली जडान गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले यसपटकका सुझावहरूलाई कडाइका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ।


This investigation highlights a critical truth: systematic safety protocols save lives. From transportation to digital platforms, proper monitoring and infrastructure are essential. That’s why responsible nn77 games operators implement comprehensive player protection systems – prevention always beats reaction. Well-researched findings.