लाइसेन्स ठगी प्रकरण: नाम जोडिएका तामाङको खण्डन, वास्तविक ठग खोज्न आग्रह

379 पटक पढिएको

३० फाल्गुन २०८२, शनिबार १५:०१ सम्पादक: धादिङ न्यूज

धादिङ।फेसबुकमार्फत लाइसेन्स बनाइदिने भन्दै ठगी गरिएको घटनामा आफ्नो नाम जोडिएपछि धादिङको नीलकण्ठ नगरपालिका–१४ का अविनाश तामाङले आफू उक्त गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्।

धादिङको नीलकण्ठ नगरपालिका–१४ घर भएका अविनाश तामाङको नाम र तस्बिर प्रयोग गरेर “नेपाल लाइसेन्स” नामक फेसबुक पेजमार्फत ठगी भइरहेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि यो तथ्य बाहिर आएको हो।

यसअघि सार्वजनिक समाचारमा तामाङले फेसबुकमा “नेपाल लाइसेन्स” नामक पेज सञ्चालन गरी आफूलाई बागमती प्रदेशको यातायात कार्यालयसँग सम्बन्धित उच्च पदस्थ कर्मचारी वा ‘सचिव’का रूपमा प्रस्तुत गर्दै सर्वसाधारणलाई झुक्याउने गरेको आरोप उल्लेख गरिएको थियो। साथै पीडितहरूलाई विश्वास दिलाउन प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था निर्देशनालयको नाम उल्लेख भएको नक्कली परिचयपत्र प्रयोग गरिएको पनि समाचारमा उल्लेख थियो।

तर तामाङले धादिङन्युज सँग सम्पर्क गर्दै समाचारमा उल्लेख गरिएजस्तो आफूले कुनै पनि परिचयपत्र नबनाएको र त्यस्ता गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्।

उनका अनुसार आफ्नो नाम र तस्बिर प्रयोग गरेर कसैले नक्कली फेसबुक पेज, आईडी तथा डिजिटल वालेट बनाएर ठगी गरेको हुन सक्ने आशंका रहेको छ। “समाचारमा देखाइएको जस्तो मैले कुनै परिचयपत्र बनाएको होइन। मेरो नाम र तस्बिर प्रयोग गरेर अरू कसैले यस्तो काम गरेको हुन सक्छ,” तामाङले भने।

तामाङले आफूले कसैलाई पनि लाइसेन्स बनाइदिने भन्दै रकम नमागेको बताउँदै आफ्नो नाम प्रयोग गरेर ठगी गर्ने व्यक्तिको पहिचान गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

यसैबीच, तामाङकी श्रीमती रिता तामाङ दिमदुङले पनि यस घटनामा आफ्नो परिवारलाई जोडेर विभिन्न आरोप लगाइँदा समस्या भएको बताउँदै वास्तविक ठगी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न  जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको जानकारी दिएकी छन्।

उनका अनुसार पछिल्लो समय धेरै व्यक्तिहरूले आफूहरू ठगिएको भन्दै सम्पर्क गरिरहेको र केहीले वास्तविकता नबुझी आफूहरूलाई नै धम्कीसमेत दिने गरेका छन्।

“यो घटनामा हामी आफैं पनि पीडित भएका छौं। वास्तविक ठगी गर्ने व्यक्तिको खोजी गरी कारबाही गर्न सबैसँग सहयोगको अनुरोध गर्दछौं,” उनले भनिन्।अविनाशको नाममा फेसबुक र ह्वाट्सएप लगायतका सामाजिक सन्जालमा नक्कली आईडि वनाएर ठगि गर्ने काम भएको र त्यस्ता व्यक्तिसंग यस्तो काम नगर्न अनुरोध गर्दा उल्टै धम्की दिएको रिताले बताईन ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


Identity theft in licensing schemes is increasingly common globally. Digital verification and awareness are crucial defenses. This case highlights why platforms like nn77 club prioritize secure authentication to protect users from similar fraudulent activities.