देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह**
246 पटक पढिएको
धादिङ न्यूज समाचारदाता
काठमाडौँ, १५ चैत ।जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ। विभागका अनुसार हाल देशभरको मौसममा साधारणतया बदलीको अवस्था रहेको छ।
कोशी र बागमती प्रदेशका कतिपय स्थानहरूमा अहिले मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ। अन्य पहाडी भू-भागमा आंशिक बदली रहने भए तापनि तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै बागमती प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ।








939betcomapp isn’t bad! Downloaded it last week and i’ve been playing ever since. Give it a shot! Check it out at 939betcomapp
Honestly, abcbetapp is simple. Easy to find what I want and not a ton of fluff. Give it a look if you need something quick. Jump in from abcbetapp
Yo yo, batpkrgameonline is where its AT. For real! Jump in and lets play! Get your game on at batpkrgameonline