त्रिपुरासुन्दरीमा भीषण आगलागी: ६० बाख्रा जले, करिब ७० लाखको क्षति
320 पटक पढिएको
धादिङ | २५ चैत-धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ ओडारेमा गएराति भएको आगलागीमा ठूलो क्षति भएको छ।
स्थानीय जीवन् थापाको बाख्रा फार्म तथा घरमा हिजो साँझ करिब ९:४५ बजेतिर आगलागी हुँदा करिब ६० वटा बाख्रा तथा कुखुरा जलेर नष्ट भएका छन्। आगलागीबाट सुन, नगद रकम, लत्ताकपडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ।
प्रारम्भिक अनुमान अनुसार उक्त आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागीको कारण खुल्न बाँकी रहेको छ भने आगलागी रातीको समयमा भएकाले नियन्त्रण गर्न निकै मुस्किल भएको स्थानीयले वताए । सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।







