सडकमा कार्यकर्ता उतार्न नसक्ने डरले एमालेको आन्दोलन फिर्ता

382 पटक पढिएको

५ बैशाख २०८३, शनिबार ०७:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरू एकाएक स्थगन गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको बैठकले वैशाख ७ र १२ गतेका लागि तय गरिएका विरोध प्रदर्शनहरू स्थगित गरी वैशाख ९ गते पार्टी स्थापना दिवसका रचनात्मक कार्यक्रम मात्र गर्ने निर्णय गरेको हो।

राजनीतिक विश्लेषकहरूले एमालेको यो कदमलाई ‘रणनीतिक पछिहटाइ’ भन्दा पनि ‘कार्यकर्ताको साथ नपाएको परिणाम’ का रूपमा हेरेका छन्। अध्यक्ष ओली हाजिरी जमानीमा रिहा भएपछि आन्दोलनको औचित्य सकिएको तर्क पार्टीले गरे पनि, भित्री रूपमा भने सडकमा कार्यकर्ता उतार्न नसक्ने डरले नेतृत्व हच्किएको चर्चा सुरु भएको छ।

विशेष गरी जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको मुद्दामा ओलीमाथि अनुसन्धान सुरु भएपछि पार्टीले ठुलो जनदबाब सिर्जना गर्न खोजेको थियो। तर, पछिल्लो समय जिल्ला-जिल्लामा कार्यकर्ताहरू आन्दोलनका नाममा सडकमा निस्कन अनिच्छा देखाएपछि नेतृत्वले ‘मुख जोगाउन’ आन्दोलन स्थगित गरेर स्थापना दिवसको नाममा रचनात्मक कार्यक्रमको सहारा लिएको बुझिएको छ। आफ्नै अध्यक्षमाथि गम्भीर कानुनी प्रश्न उठ्दा समेत कार्यकर्तामा देखिएको यो ‘मौनता’ ले एमालेभित्र नेतृत्वप्रति बढ्दो असन्तुष्टि वा बदलिँदो राजनीतिक चेतनालाई संकेत गरेको छ।

प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहँदा एमालेले सडक संघर्ष छोडेर ‘रचनात्मक’ बाटो रोज्नुलाई राजनीतिक वृत्तमा नेतृत्व रक्षात्मक अवस्थामा पुगेको र कार्यकर्ताहरू ओलीको बचाउमा सडकमा आउन तयार नरहेको पुष्टि गर्ने आधारका रूपमा हेरिएको छ।


Interesting read! The focus on secure, instant payments-like those offered via kingjl download-is key for Filipino players. Smooth transactions really enhance the experience, especially with options like GCash. Definitely a growing trend!