आजको मौसम: कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह
208 पटक पढिएको
काठमाडौँ, १५ वैशाख २०८३ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले मौसममा उल्लेख्य बदलाव देखिएको हो।
हाल देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदली देखिएको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनसक्ने अनुमान गरिएको छ।
आज राति कोशी प्रदेशका धेरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना छ। विशेष गरी कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
भारी वर्षा, चट्याङ्ग र हिमपातका कारण जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा सडक यातायातमा समेत असर पर्न सक्ने देखिएको छ। पहाडी क्षेत्रमा पहिरो र तराईमा चट्याङ्गको जोखिम रहने हुनाले आवश्यक पूर्वसावधानी अपनाउन मौसमविद्हरूले सबैमा आग्रह गरेका छन्।








The complexity of natural events like this underscores the critical need for robust, real-time data modeling and predictive analytics across all sectors. From meteorology to managing live outcomes, system resilience is paramount. Stay safe, and remember that reliable, instant data access is key, whether checking weather alerts or accessing live stats via the ah77 app download apk.