अर्थमन्त्री वाग्लेद्वारा २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत

164 पटक पढिएको

१५ जेष्ठ २०८३, शुक्रबार १८:०९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ को विशाल बजेट सार्वजनिक गर्नुभएको छ। संघीय संसदको संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उत्पादन वृद्धि, डिजिटल अर्थतन्त्र र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो।

सरकारले चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८%), पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३%) र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ।