सिक्किम र भुटान आइपुग्यो मनसुन, जेठ २७ गतेदेखि नेपालमा वर्षा हुने सम्भावना: जलवायुविज्ञ डा. उप्रेती
173 पटक पढिएको
काठमाडौँ, जेठ । यस वर्षको मनसुनी वायु भारतको सिक्किम, आसाम, मेघालय र भुटानसम्म आइपुगेको छ। भारत मौसम विज्ञान विभाग लाई उद्धृत गर्दै जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले दिएको जानकारी अनुसार मनसुनी प्रणाली अहिले नेपालको निकटका भूभागहरूमा सक्रिय भइसकेको छ।
सिक्किम नेपालको कोशी प्रदेशसँग जोडिएको क्षेत्र भएकाले अबको केही दिनमा यो प्रणाली पूर्वी नेपाल हुँदै देशमा प्रवेश गर्ने अनुमान गरिएको छ। डा. उप्रेतीका अनुसार पूर्वी भागबाट नेपाल भित्रिने मनसुनी वायु बिस्तारै देशभरि विस्तार हुन र सुदूरपश्चिम लगायतका पश्चिमी भूभागसम्म पुग्न करिब हप्तादेखि १० दिनसम्म लाग्ने सम्भावना देखिएको छ।
पछिल्लो मौसमी प्रणाली अनुसार आगामी जेठ २७ गते (सोमबार) देखि नै बंगालको खाडीबाट आउने जलवाष्पयुक्त वायुको प्रभावले पूर्वी नेपालमा मौसम बदली भई हल्का वर्षा सुरु हुने सम्भावना छ।
यसैगरी जेठ २८ गते बिहीबार र २९ गते शुक्रबार भने देशव्यापी रूपमा मौसममा परिवर्तन आउनेछ। पश्चिम नेपालमा पश्चिमी वायु र पूर्वी तथा मध्य नेपालमा बंगालको खाडीको वायुको संयुक्त प्रभावका कारण देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
यो मौसमी प्रणालीको विकाससँगै विगत केही समयदेखि पश्चिम तराईका जिल्लाहरूमा जारी अत्यधिक गर्मी (लू) बाट सर्वसाधारणले राहत पाउनेछन्। नेपालगन्जदेखि कञ्चनपुरसम्मको क्षेत्रमा आगामी दुई दिनपछि अर्थात् जेठ २८ गतेबाट तापक्रम घट्ने र गर्मी केही कम हुने डा. उप्रेतीले जानकारी दिए। मौसममा आउने यो परिवर्तनसँगै कृषि क्षेत्र र सर्वसाधारणलाई थोरै भए पनि सहजता मिल्ने विश्वास लिइएको छ।








Dude, this analysis is deep! Makes me think about the mind-game aspect they touch on. For more insights on balanced play, check out fox gaming login. Love the focus on player experience!
https://shorturl.fm/jXyRJ
https://shorturl.fm/ZD1M2
https://shorturl.fm/prTj0
https://shorturl.fm/8N4tx
https://shorturl.fm/QQ1L8