जेन्जी आन्दोलनमा फरार अभियुक्त चोरीको अभियोगमा धादिङबाट पक्राउ
213पटक पढिएको
२७ जेष्ठ २०८३, बुधबार १९:२८
सम्पादक: धादिङ न्यूज
धादिङबेसी,२७ जेठ । गत वर्षको भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका एक अभियुक्त चोरीको अभियोगमा धादिङबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नेत्रावती डबजोङ गाउँपालिका–४ मा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय युवकलाई पक्राउ गरिएको हो। पक्राउ परेका युवक गत वर्ष जेन्जी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएकामध्येका एक रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट सुनजस्तो देखिने नौगेडी १ थान, सुनजस्तो देखिने औँठी ३ थान, मोबाइल फोन १ थान तथा नगद रु. ४ हजार ५०० बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पक्राउ परेका अभियुक्तविरुद्ध जिल्ला अदालत धादिङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।
https://shorturl.fm/xrQyW
https://shorturl.fm/zaG0y
https://shorturl.fm/EqGTv