धादिङ नेपाली समाज अमेरिका: कोषाध्यक्षमा एलान तामाङको सर्वसम्मत चयन
183 पटक पढिएको
न्युयोर्क । अमेरिकामा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिका को २०२६ निर्वाचनले रोचक मोड लिएको छ। उम्मेदवारी दर्ता सम्पन्न भएसँगै अध्यक्षदेखि सचिवसम्मका पदमा प्रतिस्पर्धा चर्किएको छ भने केही पदमा उम्मेदवार निर्विरोध हुने अवस्था देखिएको छ।
अध्यक्ष पदमा हिमाल बी. अधिकारी (सागर) र राज के. गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ, जसले चुनावी माहोललाई थप तातेको बनाएको छ। वरिष्ठ उपाध्यक्षमा बलराम श्रेष्ठ र गणेश लम्साल तथा उपाध्यक्षमा राम मल्ल ठकुरी र सुदेस्ना अधिकारीबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ।
सचिव पदमा देवेन्द्र गिरी र श्रीराम खतीवडाबीचको भिडन्त पनि चर्चामा रहेको छ।
यता महासचिवमा हरि गिरी, कोषाध्यक्षमा एलान तामाङ र सह-कोषाध्यक्षमा रामचन्द्र उप्रेती एकल उम्मेदवारका रूपमा रहेकाले उनीहरू निर्विरोध चयन हुने लगभग निश्चित देखिएको छ।
निर्वाचन समितिका अनुसार विभिन्न राज्यबाट ११ जना बोर्ड सदस्य पदका लागि प्रतिस्पर्धामा छन्। उम्मेदवारमाथि कुनै उजुरी भए जुन १० गते बेलुका ५ बजेसम्म दर्ता गर्न सकिनेछ भने अन्तिम नामावली जुन ११ रातिसम्म सार्वजनिक गरिनेछ।
यसैबीच कोषाध्यक्ष पदमा एलान तामाङको सर्वसम्मत चयनलाई समुदायले सकारात्मक संकेतका रूपमा लिएको छ। उनी विगत एक दशकभन्दा बढी समयदेखि न्यूयोर्कमा सामाजिक तथा सामुदायिक कार्यमा सक्रिय रहँदै आएका छन्। उनी हाल Mendhomaya Society of America का वरिष्ठ उपाध्यक्षसमेत हुन्।
समुदायभित्र देखिएको सहमति र प्रतिस्पर्धाले यसपटकको निर्वाचनलाई विशेष रूपमा आकर्षक बनाएको छ।








https://shorturl.fm/BZ9bm
Pak Goat I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav
https://shorturl.fm/3mZSD
https://shorturl.fm/9L0yG