विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आज मध्यरातबाट सुरु हुँदै १६ वर्षपछि फेरि विश्वकप उद्घाटनमै मेक्सिको–दक्षिण अफ्रिका भिड्दै, फुटबल इतिहासकै ठूलो संस्करणको आज मध्यरातबाट सुरु हुँदै
251 पटक पढिएको
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आज मध्यरातबाट सुरु हुँदैछ। उत्तर अमेरिकी राष्ट्र मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।
मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो अज्टेका रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने खेलसँगै ३९ दिन लामो फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ।
विशेष संयोग के छ भने सन् २०१० को दक्षिण अफ्रिका विश्वकपको उद्घाटन खेलमा पनि यही दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला खेल १–१ को बराबरीमा टुंगिएको थियो। १६ वर्षपछि फेरि विश्वकप उद्घाटनमै यी दुई टोली आमनेसामने हुन लागेका हुन्।
यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ। प्रतियोगितामा ४८ राष्ट्रको सहभागिता रहनेछ भने कुल १०४ खेल खेलाइनेछन्, जुन कतार विश्वकप २०२२ भन्दा ४० खेल बढी हो।
खेल सुरु हुनुभन्दा करिब ९० मिनेटअघि हुने उद्घाटन समारोहमा चर्चित पप स्टार शाकिरा, कोलम्बियाली गायक जे बाल्भिन तथा दक्षिण अफ्रिकी गायिका टाइलाले प्रस्तुति दिने कार्यक्रम रहेको छ।
घरेलु मैदानमा खेल्ने मेक्सिको जितसहित प्रतियोगिता सुरु गर्ने लक्ष्यमा छ। फिफा वरीयताको १४औँ स्थानमा रहेको मेक्सिको पछिल्ला आठ खेलमा अपराजित रहँदै उच्च मनोबलमा छ। प्रशिक्षक हाभिएर अगिरेको टोलीलाई घरेलु समर्थकको साथ पनि रहनेछ।
यता फिफा वरीयताको ६०औँ स्थानमा रहेको दक्षिण अफ्रिका भने उलटफेर गर्ने योजनामा छ। १६ वर्षपछि विश्वकपमा फर्किएको टोलीका प्रशिक्षक हुगो ब्रुसले आफ्नो टोली प्रतिस्पर्धात्मक प्रदर्शन गर्न तयार रहेको बताएका छन्।
समूह ‘ए’ मा रहेका मेक्सिको, दक्षिण अफ्रिका, चेक रिपब्लिक र दक्षिण कोरियामध्ये शीर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन्। यस संस्करणमा पहिलोपटक राउन्ड अफ ३२ समावेश गरिएको छ।
हेड-टु-हेड र पछिल्लो प्रदर्शनका आधारमा मेक्सिकोलाई बलियो दाबेदार मानिए पनि उद्घाटन खेल भएकाले दक्षिण अफ्रिकाले पनि कडा चुनौती दिने अपेक्षा गरिएको छ।








Pak Goat Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post . Pak Goat
https://shorturl.fm/18gxy
https://shorturl.fm/pwsrU
https://shorturl.fm/rFskD
https://shorturl.fm/ZLs51
https://shorturl.fm/WGS72