सांस्कृतिक संरक्षणमा मुक्रापदेबी माविमा आइतबार ‘तामाङ संस्कृति’ कक्षा
290 पटक पढिएको
धादिङ । धादिङको रुवीभ्याली गाउँपालिका–४ स्थित मुक्रापदेबी माध्यमिक विद्यालयले स्थानीय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले निकै उदाहरणीय अभियानको सुरुवात गरेको छ। विद्यालयले अबदेखि प्रत्येक हप्ताको आइतबारलाई ‘सांस्कृतिक दिन’ को रूपमा मनाउँदै तामाङ संस्कृति र परम्पराबारे पठनपाठन सुरु गरेको छ।

यो अभियानको सुरुवातसँगै विद्यार्थीहरू परम्परागत तामाङ पोशाकमा विद्यालय आउन थालेका छन्। आफ्नै जातीय र सांस्कृतिक पहिचान झल्किने पोशाकमा विद्यालय आउन पाउँदा विद्यार्थीहरूमा उत्साह र खुसी प्रष्ट देखिन्थ्यो।
अभियानको पहिलो आइतबार रुवीभ्याली गाउँपालिका–४ का वडाअध्यक्ष प्रशान्त तामाङले विद्यार्थीहरूलाई तामाङ भाषा, संस्कार, संस्कृति र परम्पराको महत्वबारे सहजीकरण गरेका थिए। वडाअध्यक्ष तामाङले विद्यालयको यो पहलले नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक तिर्थराज सुवेदीका अनुसार, आधुनिकताको प्रभावमा हराउँदै गएको स्थानीय संस्कृति, भाषा र परम्परालाई विद्यार्थीमाझ हस्तान्तरण गर्न विद्यालयले यस्तो अभियान थालेको हो। “हाम्रो संस्कृति नै हाम्रो असली पहिचान हो। पाठ्यक्रमका ज्ञानसँगै आफ्नो संस्कार र संस्कृतिलाई जोड्न सके मात्र भोलिको पुस्ताले आफ्ना जराहरूलाई बिर्सने छैन,” प्रधानाध्यापक सुवेदीले धादिङ न्यूजसँग भन्नु भयो ।
स्थानीय समुदाय र अभिभावकहरूले समेत विद्यालयको यस कदमलाई स्वागत गर्दै यसले विद्यार्थीमा आफ्नो संस्कृतिप्रति गौरव गर्ने भावना विकास गर्ने प्रतिक्रिया दिएका छन्। रुवीभ्याली जस्तो दुर्गम र सांस्कृतिक रूपमा धनी क्षेत्रमा विद्यालयले सुरु गरेको यो ‘सांस्कृतिक पठनपाठन’ अन्य विद्यालयहरूका लागि समेत सिको गर्ने लायकको नमुना बनेको छ।








Hmm, this analysis is deep! Makes me think about how strategy applies everywhere, even in card games. Check out 7p771 com for more combos insight; it’s surprisingly structured.
https://shorturl.fm/PJiXS
https://shorturl.fm/FUzHu
Популярные песни 2026 скачать бесплатно https://shorturl.fm/dfuzp