नेपाल शिक्षक संगठन धादिङको एकता सम्मेलन सम्पन्न,परशुराम दुवाडीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन
325 पटक पढिएको
धादिङवेशी- ३१, जेठ । नेपाल शिक्षक सङ्गठन, धादिङको एकता सम्मेलन सम्पन्न भएको छ। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीचको साङ्गठनिक एकतामार्फत परशुराम दुवाडीको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरिएको छ।
गठित नयाँ समितिको इन्चार्जमा तिलक बहादुर प्रजा, सह-इन्चार्जमा हरिप्रसाद पाठक र सह-संयोजकमा शिवप्रसाद रिजाल चयन हुनुभएको छ।
जिल्ला समन्वय समिति, धादिङको सभाहलमा आयोजित एकता सम्मेलन तिलक बहादुर प्रजाको सभापतित्वमा सम्पन्न भएको थियो। शिवप्रसाद रिजालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा परशुराम दुवाडीले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।
एकता सम्मेलनमा प्रमुख अतिथि तथा अतिथिहरूका तर्फबाट संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, नेकपा नेता रामबहादुर भण्डारी, नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख कृष्णकुमार श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका पूर्व उपप्रमुख मनराज भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा नेता तथा पदाधिकारीहरूले समसामयिक शैक्षिक मुद्दा, शिक्षकहरूको पेसागत हकहित र साङ्गठनिक सुदृढीकरणका विषयमा प्रशिक्षण दिँदै नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा भर्खरै शिक्षा विकास तथा समन्वय इकाई धादिङको प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुग्नुभएका कार्यालय प्रमुख कृष्णकुमार श्रेष्ठलाई सङ्गठनको तर्फबाट भव्य स्वागत समेत गरिएको थियो। दुई शिक्षक सङ्गठनबीचको यो एकताले धादिङको शैक्षिक आन्दोलन र शिक्षकहरूको हकअधिकार रक्षाका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।








Новинки музыки 2026 скачать бесплатно https://shorturl.fm/tunN9