प्रि–मनसुनमा ४५ वर्षयताकैउच्च वर्षा मापन, औसतभन्दा १४५ प्रतिशत बढी पानी पर्‍यो

183 पटक पढिएको

५ असार २०८३, शुक्रबार ०६:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ५ असार  । यस वर्षको प्रि–मनसुन सिजनमा नेपालमा ४५ वर्षयताकै उच्च वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विगतका वर्षहरूको तुलनामा यसपालि देशका विभिन्न भागमा अत्यधिक पानी परेको हो।

सामान्यतया नेपालमा प्रि–मनसुनको अवधिमा औसत २२६ दशमलव ३ मिलिमिटर पानी पर्ने गर्दछ। तर, यस वर्ष उक्त औसतको १४५ दशमलव ५ प्रतिशत अर्थात् ३३९ दशमलव ७ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रहरूको तथ्याङ्कलाई आधार मानेर प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ। विभागको तथ्याङ्क विश्लेषण सुरु भएयताकै यो सबैभन्दा धेरै वर्षा हो। यसअघि सन् १९९० मा प्रि–मनसुनको समयमा औसतभन्दा निकै बढी पानी परेको रेकर्ड थियो, जसलाई यस वर्षको वर्षाले उछिनेको छ।

मौसमविद्हरूका अनुसार यसअघि सन् १९९०, २०००, २०२० र २०२१ मा पनि प्रि–मनसुन अवधिमा ३१५ मिलिमिटरभन्दा धेरै पानी परेको रेकर्ड थियो। तर, यसपालिको वर्षाले विगतका सबै कीर्तिमानलाई तोडेको छ। हिउँद सकिएर मनसुन सुरु हुनुअघिको समय (मार्च, अप्रिल र मे) लाई प्रि–मनसुन मानिन्छ, जसमा यस वर्ष पश्चिमी र स्थानीय वायुको देशव्यापी प्रभाव निकै बलियो देखिएको थियो।


These record rainfall figures emphasize climate variability and the need for robust predictive modeling. Analyzing such complex, high-stakes data requires precision. It’s a reminder that understanding risk is key, whether it’s forecasting weather or managing a platform like phwin88 login.