धादिङ रास्वपामा नेतृत्व हस्तान्तरण: राजन अर्यालले सम्हाले पदभार, आशिका र हिमेशसहित केन्द्रीय-प्रदेश नेताहरू सम्मानित
272 पटक पढिएको
धादिङबेसी, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको नवनिर्वाचित जिल्ला कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। शनिवार सदरमुकाम धादिङबेसीमा आयोजित एक समारोहका बीच नवनिर्वाचित जिल्ला अध्यक्ष राजन अर्यालले आफ्नो पदभार सम्हाल्नुभएको हो। निवर्तमान अध्यक्ष सूर्यमणि पाठकले नयाँ समितिलाई माइन्युट हस्तान्तरण गरेसँगै धादिङ रास्वपामा नेतृत्व परिवर्तनले औपचारिकता पाएको छ।
पदभार ग्रहण कार्यक्रमकै अवसर पारेर रास्वपा धादिङ जिल्ला कार्यसमितिले पार्टीको केन्द्रीय तथा प्रदेश समितिमा निर्वाचित एवं मनोनीत हुनुभएका नेताहरूलाई बधाई तथा सम्मान ज्ञापन गरेको छ। कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले राष्ट्रिय र प्रादेशिक राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएका नेतृत्वलाई खादा, माला र अबिर लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
समारोहमा रास्वपाका केन्द्रीय सदस्यद्वय हिमेश पन्त र आशिका तामाङ, वागमती प्रदेश समिति सदस्यहरू डा. कृष्णमान शाक्य, सागर गौली, विकास चेपाङ र सविन अधिकारीलाई सम्मान गरिएको थियो। सोही कार्यक्रमका बीच रास्वपा धादिङको जिल्ला कोषाध्यक्ष पदमा मदन भण्डारीलाई मनोनीत गरिएको घोषणा समेत गरिएको थियो।
पदभार ग्रहण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नवनिर्वाचित जिल्ला अध्यक्ष राजन अर्यालले निवर्तमान कार्यसमितिले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले नयाँ जिम्मेवारीसँगै धादिङमा रास्वपाको सांगठनिक जगलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी दिनमा जिल्लाका प्रत्येक स्थानीय तह र वडातहसम्म पार्टीको संगठन विस्तार गर्दै जनताका समस्या समाधानमा प्रत्यक्ष जोडिने संकल्प उहाँले प्रस्तुत गर्नुभयो। कार्यक्रममा रास्वपा धादिङका पदाधिकारी, नेताहरूको उपस्थिति रहेको थियो।








Solid platform with a great selection of games. It’s rare to find a site that stays this consistent with its performance. Definitely recommend ng999game to everyone.
The community here is great and the rewards are actually attainable. It feels more like a club than just a website. Check out 82clubgame for some real fun.
For live betting, this is probably the most stable site I have used. The odds are competitive and the updates happen in real time. Stick with betssonapuestasenvivo for the best action.