जवाङ खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, अर्को सूचना नभएसम्म सवारी सञ्चालन बन्द
163 पटक पढिएको
धादिङ, असार ३२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिक्राङखानी क्षेत्रमा लगातार सुख्खा पहिरो खसिरहेकाले पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीयका अनुसार आज दिउँसोदेखि नै उक्त क्षेत्रमा साना–साना सुख्खा पहिरो खसिरहेको थियो भने केही समयअघि पुन: ठूलो पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा ठप्प हुन पुगेको हो। पहिरो निरन्तर खसिरहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै राजमार्गमा आवागमन रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ ७ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै पहिरो पन्छाउने कार्य जारी रहेकाले अर्को सूचना प्रकाशन नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ। सडक विभाग र सुरक्षा निकायका अनुसार यदि थप पहिरो नखसेमा पहिरो पन्छाएर सवारीसाधनको आवागमन पुनः सञ्चालन गर्न कम्तीमा ५ घण्टाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्धारा जारी गरिएको सूचनामा भनिएको छ – यात्रामा निस्कनुभएका तथा उक्त मार्ग प्रयोग गर्ने यात्रु र सवारी चालकहरूलाई वैकल्पिक व्यवस्था अपनाउन, सम्बन्धित निकायको पछिल्लो सूचना पालना गरी सुरक्षित रहन तथा अनावश्यक रूपमा उक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ।
सडकको अवस्था र सहयोगका लागि नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बलको ११४९, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र धादिङको १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिनेछ। साथै जिल्ला प्रशासन कार्यालय धादिङका सूचना अधिकारी तथा जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारीसँग पनि सम्पर्क गरी थप जानकारी लिन सकिने प्रशासनले जनाएको छ।








Hey, new8 seems promising. Early days yet, but the initial impression is good. I would suggest checking it out new8!
Yo, niw88bet’s got a solid range of betting options. Found something I liked right away. Worth a look if you’re into that niw88bet!
Alright guys, nuw88 is pretty decent! Some cool games and the registration was quick. Give it a shot nuw88!
The best online gaming experience I have had in the Philippines so far. The customer support is very responsive and helpful. I love the variety of games available here. phnustat
I have been playing here for a few weeks now and the payouts are actually legit. Really smooth interface and easy to navigate. Highly recommended for those looking for a fun time! nustatgame
Everything from registration to withdrawal was a breeze. It is rare to find such a transparent site these days. Big thanks to phpinoyluck.