उद्योग तथा वाणिज्य कार्यालय अब ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ मा परिणत, धादिङमा नयाँ बोर्ड राखियो
531 पटक पढिएको
धादिङ । बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन साविकको ‘उद्योग तथा वाणिज्य कार्यालय’ को संरचना परिमार्जन गरी नयाँ स्वरूपमा सञ्चालनमा ल्याएको छ। प्रदेश सरकारको नीतिअनुसार साउन १ गतेदेखि लागू हुने गरी यी कार्यालयहरूलाई ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ का रूपमा रूपान्तरण गरिएको हो। यसै नीतिअन्तर्गत धादिङलगायत प्रदेशका विभिन्न जिल्लामा रहेका सम्बन्धित कार्यालयहरूमा शुक्रवार नयाँ नामका बोर्डहरू राखेर औपचारिक रूपमा सेवा विस्तारको काम सुरु गरिएको छ।
बागमती प्रदेश सरकारको नीतिबमोजिम कार्यालयको नाम परिवर्तन भई सेवा दिने क्षेत्रसमेत विस्तार भएको साविक उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले जानकारी दिनुभयो। यसअघि साविकको उद्योग तथा वाणिज्य कार्यालय बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत मात्रै रहेर सञ्चालित हुँदै आएको थियो। तर अबको नयाँ व्यवस्थासँगै साविकमा छुट्टाछुट्टै निकायबाट प्रवाह हुँदै आएका उद्योग दर्ता, वाणिज्य व्यवस्थापन, पर्यटन र यातायात सम्बन्धी सेवाहरूलाई एकीकृत गरी एउटै कार्यालयबाट सेवाग्राहीलाई उपलब्ध गराइनेछ।
यो नयाँ प्रशासनिक संरचना कार्यान्वयनमा आएसँगै कार्यालयले बहुआयामिक सेवाहरू प्रवाह गर्नेछ, जसका लागि उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका साथै यातायात र पर्यटन सम्बन्धी काम हेर्ने प्रदेशका अन्य सम्बद्ध मन्त्रालयहरूसँगको समन्वयमा सेवा प्रदान गरिनेछ। सेवा प्रवाहमा देखिने गरेका विभिन्न प्रशासनिक झन्झटहरूलाई हटाउने र सम्पूर्ण सेवालाई थप प्रविधिमैत्री एवं डिजिटाइजेशन गर्ने प्रदेश सरकारको योजना रहेको छ। एउटै कार्यालयबाट विस्तृत सेवाहरू प्राप्त हुने भएपछि सेवाग्राहीले छिटोछरितो रूपमा काम लिन सक्ने र यसले प्रदेशको सुशासन एवं प्रशासनिक सहजतामा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ








Best betting experience I have had in ages. The layout is clean and the options are endless. I am really enjoying my time here. aubetway
The login process is super quick and I have not encountered any glitches so far. It is refreshing to use a site that actually works perfectly. 9777dbtlogin
https://shorturl.fm/XsnXk
Great content! Keep up the good work!