आज राति १ बजेदेखि काठमाडौँ र पूर्वमा झन् ठूलो वर्षा हुने, भोलि सुदूरपश्चिमसम्मै फैलने
102 पटक पढिएको
काठमाडौँ, साउन २ । आज साँझदेखि काठमाडौँ उपत्यका लगायत देशको पूर्वी भागका धेरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । राति ८:३० बजेको भू–उपग्रह (सैटेलाइट) को अवस्थालाई विश्लेषण गर्दा यो वर्षाको क्रम लगातार बढ्दै जाने देखिएको छ ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार आज राति १ बजेदेखि काठमाडौँ लगायत पूर्वी भागमा मनसुनी प्रणाली थप सक्रिय हुनेछ । यो प्रणाली भोलि (आइतबार) बिहानसम्ममा गण्डकी प्रदेश हुँदै पश्चिमतिर विस्तार हुने देखिन्छ ।
भोलि बिहान विशेषगरी लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत वरिपरि तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुरामा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । भोलि दिउँसो भने देशैभरि व्यापक रूपमा वर्षा हुने सम्भावना छ ।
मौसम मोडेलहरूका अनुसार भोलि (आइतबार) साँझदेखि सोमबार साँझसम्म वर्षाको केन्द्र पश्चिम नेपाल बन्नेछ । यस अवधिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी वर्षा हुने देखिएको छ । कुन ठाउँमा कति बेला वर्षा हुन्छ भन्ने कुरा विभिन्न मोडेलहरूमा र आगामी दुई दिनको संचित वर्षाको अवस्था तेस्रो नक्सामा हेर्न सकिने डा. उप्रेतीले जनाउनुभएको छ ।








https://shorturl.fm/wf5C3
https://shorturl.fm/x5iGo
https://shorturl.fm/RvBRm