ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा दोलखाका इन्द्रबहादुर खड्का लाई शिक्षा र धादिङकी सरस्वती पाण्डे ‘सरस’ साहित्य पुरस्कारका लागि चयन
180 पटक पढिएको
काठमाडौँ। ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय स्तरको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार २०८३’ अग्रज शिक्षासेवी इन्द्रबहादुर खड्कालाई र धादिङ जिल्ला स्तरीय ‘दुर्गा साहित्य पुरस्कार २०८३’ (दुर्गा रिमाल अधिकारी साहित्य पुरस्कार) उदीयमान साहित्यकार एवं शिक्षक सरस्वती पाण्डे ‘सरस’लाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठान कार्यसमितिको साउन ३ गते बसेको बैठकले सम्बन्धित क्षेत्रका विशेषज्ञ सम्मिलित सिफारिस समितिको प्रतिवेदनका आधारमा दुवै पुरस्कारका विजेताको सर्वसम्मत चयन गरेको हो।
दोलखाका ८० वर्षीय इन्द्रबहादुर खड्काले शिक्षा क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। उहाँले जिरी माध्यमिक विद्यालयमा १७ वर्ष प्रधानाध्यापक, जिरी क्याम्पसमा १९ वर्ष संस्थापक क्याम्पस प्रमुख तथा जिरी बुद्धिष्ट कलेजमा १० वर्ष संस्थापक क्याम्पस प्रमुखका रूपमा सेवा गरिसक्नुभएको छ। उहाँलाई शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलको संयोजकत्वमा गठित सिफारिस समितिले पुरस्कारका लागि चयन गरेको हो।
त्यस्तै, शिवप्रसाद अधिकारीद्वारा स्थापित धादिङ जिल्ला स्तरीय ‘दुर्गा साहित्य पुरस्कार २०८३’ बाट सम्मानित हुन लाग्नुभएकी धादिङकी सरस्वती पाण्डे ‘सरस’ बहुआयामिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। वरिष्ठ साहित्यकार नरनाथ लुइँटेल संयोजक रहेको सिफारिस समितिको सिफारिसमा चयन हुनुभएकी पाण्डे लामो समयदेखि शिक्षण, बालसाहित्य लेखन, सम्पादन तथा पाठ्यक्रम निर्माणमा निरन्तर क्रियाशील हुनुहुन्छ।
धादिङको धुनिवेशी नगरपालिका–९ स्थित श्री डिल्ली सावित्री माध्यमिक विद्यालयमा वि.सं. २०७१ देखि अध्यापनरत पाण्डेले धुनीवेशी आदर्श क्याम्पसमा स्नातक तहमा २ वर्ष प्राध्यापन गर्नुभएको छ भने धुनिवेशी नगरपालिकाको ‘स्थानीय पाठ्यक्रम र सन्दर्भ सामग्री’ निर्माणमा समेत योगदान पुर्याउनुभएको छ। एम.फिल. र कानुनमा स्नातक सम्मको उच्च शिक्षा हासिल गर्नुभएकी पाण्डेको बालसाहित्यमा विशेष पहिचान छ। उहाँले ७२ भन्दा बढी बालसाहित्यका पुस्तकको सम्पादन गरिसक्नुभएको छ। उहाँका ‘सरी आमा’, ‘म र मेरो परिवार’, ‘आदित्यले मोबाइल हेरेन’, ‘गुलाफ र भंगेरी’ र ‘झिँगोको दाउ’ जस्ता सचित्र बालकथा तथा ‘काँचो माटो’ नाटक सङ्ग्रह प्रकाशित छन् भने १२ वटा ‘व्याकरण सिकाउने सचित्र बालकथा’ प्रकाशोन्मुख छन्। यसका साथै साहित्यिक पत्रिका ‘मधुपर्क’, अनुसन्धानमूलक जर्नल तथा अनलाइन पत्रपत्रिकामा उहाँका लेख, समीक्षा, समालोचना, कथा र कविता प्रकाशित हुँदै आएका छन्।
यी दुवै पुरस्कार आगामी साउन १३ गते बुधबार (गुरु पूर्णिमा) काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा अपराह्न १:३० बजे आयोजित विशेष समारोहमा अर्पण गरिनेछ। भाषा आयोगका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव डा. लवदेव अवस्थीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा उपस्थितिका लागि प्रतिष्ठानले सम्पूर्ण आजीवन सदस्य, शिक्षाकर्मी, शिक्षासेवी, साहित्यकार तथा शुभेच्छुकहरूलाई निमन्त्रणा गरेको छ।
धादिङको गजुरीमा २०२५ सालमा स्थापना भएको जिल्लाकै पहिलो माध्यमिक विद्यालय ‘आदर्श हाईस्कुल’ का संस्थापक प्रधानाध्यापक एवं पूर्वमन्त्री ७८ वर्षीय ठाकुरप्रसाद शर्माको सम्मान र आदर्शलाई जीवन्त राख्न पूर्व विद्यार्थीहरूको सक्रियतामा यो प्रतिष्ठान स्थापना गरिएको हो। शर्माले सो विद्यालयमा १७ वर्षसम्म प्रधानाध्यापकको जिम्मेवारी कुशलतापूर्वक सम्हालेपछि पेन्सन समेत नलिई स्थायी जागिर छाडेर शैक्षिक क्षेत्रमा उदाहरणीय योगदान पुर्याउनुभएको थियो।
धादिङ जिल्लाको शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद तथा पत्रकारिता क्षेत्रको समग्र विकासमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको यो प्रतिष्ठान संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई गजुरी बजारमा मुख्य कार्यालय रहेर सञ्चालित छ। प्रतिष्ठानले शर्माको सम्मान र शैक्षिक उन्नयनका लागि राष्ट्रिय स्तरको ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कारका साथै धादिङ जिल्ला स्तरमा आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, दुर्गा रिमाल अधिकारी साहित्य पुरस्कार तथा आदर्श मावि स्तरमा आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार र आदर्श उत्कृष्ट छात्रा पुरस्कार गरी ६ विधामा हरेक वर्ष पुरस्कार वितरण गर्दै आएको छ।
स्वतन्त्र शैक्षिक अनुसन्धान तथा लेखन कार्यमा संलग्न डा. सदानन्द कँडेलको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष महेन्द्रकुमार शर्मा, महासचिव कृष्णराज सिलवाल, सचिव भवानीकुमारी उप्रेती र कोषाध्यक्ष शिवप्रसाद अधिकारी रहनुभएको छ। यस्तै सदस्यहरूमा रामशरण त्रिपाठी, अर्जुनकुमार श्रेष्ठ, सरस्वती खतिवडा, देवकी तिमल्सिना, राजकुमार खरेल र लक्ष्मी गिरी हुनुहुन्छ भने राजेन्द्रप्रसाद पाण्डे, रुकु कार्की, जगन्नाथ तिमल्सिना, प्रविण शर्मा र पुरुषोत्तमप्रसाद अधिकारी रहेको सल्लाहकार समितिले प्रतिष्ठानलाई अभिभावकत्व प्रदान गर्दै आएको छ।








Yo, BC777 is good and has lots of cool features. You have to give it a try to see yourself bc777.
Just downloaded bet629. The app is super convenient. Easy to use, would recommend this one bet629download!
Alright, cw777login is now accessible. Quick registration process and easy navigation. Try it out cw777login!
https://shorturl.fm/oVJ8U
https://shorturl.fm/cUvOZ