बिस २०८३ साउन १२ गते मंगलबारको राशिफल
112 पटक पढिएको
आजको राशिफल बिस २०८३ साउन १२ गते मंगलबार ईस २०२६ जुलाई २८ नेपाल सम्बत ११४६ दिल्लाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल चतुर्दशी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, विश्कुम्भ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज विश्व हेपाटाइटिस दिवस परेको छ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक लेनदेन र वित्तीय कारोबारमा अलि बढी सजगता अपनाउनुपर्ने दिन छ । व्यापार–व्यवसायको सिलसिलामा नयाँ तथा प्रतिष्ठित व्यक्तिहरूसँग सम्पर्क विस्तार हुनेछ । प्रेम सम्बन्ध र पारिवारिक वातावरण सुखद रहनेछ ।
वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साझेदारीमा गरिएका कामहरूबाट विशेष सफलता र लाभ प्राप्त हुने योग छ । सामाजिक तथा सार्वजनिक क्षेत्रमा तपाईंको सक्रियता बढ्नेछ र मान–सम्मानमा वृद्धि हुनेछ । प्रेम सम्बन्धमा मधुरता आउनुका साथै नजिकका साथीभाइको सहयोग मिल्नेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अति गोप्य राखिएका योजना वा रणनीतिहरूलाई अघि बढाउन आजको दिन फलदायी रहनेछ । मनमा अनेक विचारहरू आउनाले अलि चञ्चलता महसुस हुन सक्छ, त्यसैले महŒवपूर्ण निर्णय लिँदा धैर्य र संयम अपनाउनुहोला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा नयाँ र उत्साहजनक अवसरहरू हात पर्ने सम्भावना छ । छोटो वा लामो दूरीको यात्राबाट सोचेजस्तै फाइदा पुग्नेछ । मानसिक रूपमा आत्मविश्वास बढ्नाले कठिन ठानिएका कामहरू पनि सजिलैसँग सम्पादन गर्न सकिनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कर्मक्षेत्रमा नयाँ जिम्मेवारी वा दायित्व थपिन सक्छ । कडा परिश्रमको उचित मूल्यांकन हुनेछ । धैर्य र निरन्तरताका साथ अघि बढ्दा लामो समयदेखि अल्झिएका समस्याहरू समाधान हुँदै जानेछन् ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साथीभाइ तथा सहकर्मीहरूको समयमै पाइने सहयोगले रोकिएका पुराना कामहरू सुचारु हुनेछन् । प्रविधि, सञ्चार वा सिर्जनात्मक क्षेत्रमा आजको दिन विशेष सफलतादायी रहनेछ । वैदेशिक यात्राको योग रहेको छ ।
तुला राशि(र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आध्यात्मिक, सामाजिक तथा परोपकारी कार्यहरूप्रति झुकाव र रुचि बढ्नेछ । मनमा शान्ति र सकारात्मक ऊर्जाको सञ्चार हुनेछ । समाजसेवा वा अरूलाई सहयोग गर्ने कामबाट आन्तरिक आत्मसन्तुष्टि मिल्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अड्किएका वा रोकिएका पुराना कामहरू पुनः सुरु हुने र नयाँ कामको राम्रो अवसर पाइने योग छ । तपाईंको प्रभावकारी र मीठो बोलीका कारण अरूलाई सजिलै आकर्षित गर्न सक्नुहुनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दाम्पत्य जीवन सुखद र रमाइलो रहनेछ । आफ्नो कार्यक्षमता, पराक्रम र क्षमताको बलमा आफ्नो क्षेत्रमा वर्चस्व वा अधिकार स्थापित गर्न सकिनेछ । आम्दानीका नयाँ–नयाँ स्रोतहरू फेला पर्ने सम्भावना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको व्यक्तित्व र कार्यशैलीले कार्यक्षेत्र तथा समाजमा धेरैको ध्यान खिच्नेछ । नेतृत्वदायी निर्णयहरू लिनका लागि आजको समय उत्तम छ । उच्च मनोबल र आत्मबलका साथ अघि बढ्दा देखा परेका चुनौतीहरू सहजै पार हुनेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुनै पनि काम गर्दा त्यसको सूक्ष्म विश्लेषण र गहन अध्ययन गरेर मात्र अघि बढ्नुहोला । यसो गर्दा पुराना जटिल समस्याहरूको निकास भेटिनेछ । आफ्ना कमजोरीहरूलाई सुधार्दै कार्यशैलीमा परिवर्तन ल्याउँदा थप राम्रो नतिजा मिल्नेछ ।
मीन राशि(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्तुलित र लचिलो व्यवहारले बिग्रिन लागेका सम्बन्धहरूलाई पुनः सुमधुर बनाउन मद्दत गर्नेछ । आर्थिक क्षेत्रमा देखिएका अन्योलहरू बिस्तारै हट्दै जानेछन् । समयको सही सदुपयोग गरी नयाँ अवसरहरू समात्न सकेमा यात्रा र कार्य दुवैबाट ताजगी तथा लाभ प्राप्त हुनेछ ।







