आजको मौसम: चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
121 पटक पढिएको
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश भू-भागमा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा जारी रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। तराई क्षेत्रमा भने मौसम आंशिक बदली रहने अनुमान छ। यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने मधेश र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ।
रातिको समयमा मौसम अझ बढी सक्रिय हुने पूर्वानुमान गरिएको छ। देशका अधिकांश भागमा पूर्ण बदली भई कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा वर्षा हुनेछ। विशेषगरी यी चार प्रदेशका थोरै स्थानमा भारी वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।








The event-based model for gaming is fascinating! It’s like analyzing a probability symphony. For more insights, check out jljlph com login com. So much energy in the product description! ✨