पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, ७ किलोमा खसेको पहिरो पन्छाइयो

122 पटक पढिएको

२९ श्रावण २०८३, शुक्रबार ०८:५० सम्पादक: धादिङ न्यूज

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–७ स्थित ७ किलोमा गएराति खसेको पहिरो पन्छाएपछि सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार पहिरोका कारण केही समय अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएसँगै काठमाडौं जाने र आउने दुवैतर्फका सवारीसाधन चल्न थालेका छन्।

राजमार्गमा अहिले सवारीसाधनको चाप रहेको प्रहरीले जनाएको छ। सडकमा सवारीको चाप रहेकाले चालकलाई लेन अनुशासन पालना गरी सावधानीपूर्वक सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ।

वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सतर्क रहनसमेत प्रहरीले आग्रह गरेको छ।