धौखोलामा स्थानीयले बनाए काठेपुल, ५० लाख बजेट निकासा भए पनि पक्की पुल निर्माणमा ढिलाइ

159 पटक पढिएको

३० श्रावण २०८३, शनिबार ०७:३३ सम्पादक: धादिङ न्यूज

धादिङ-बाढीका कारण अवरुद्ध ससाह–मैदीभञ्ज्याङ–अमराई सडकखण्डको धौखोलामा स्थानीयवासीको सक्रियतामा अस्थायी काठेपुल (फड्के) निर्माण गरिएको छ।

ज्वालामुखी गाउँपालिकालाई कालुपाण्डे मार्गसँग जोड्ने मुख्य सडकमा पर्ने धौखोलामा साउन २८ गते बिहीबार मध्यराति भीषण बाढी आई आवतजावत ठप्प बनेपछि विद्यार्थी, यात्रु तथा मोटरसाइकल चालकको सहजताका लागि यो फड्के बनाइएको हो। नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकाको संगमस्थलमा पर्ने यस खोलामा नीलकण्ठ–८ को ससाहडाँडा–निवुवावारी सामुदायिक वनबाट काठ ल्याएर फड्के तयार पारिएको नीलकण्ठ नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।

अचानक आएको भीषण बाढीले सडक र स्थानीय संरचनामा क्षति पुर्‍याउँदा स्थानीयवासी रातभर त्रासमा बस्न बाध्य भएका थिए। धौखोलाको पुल गत वर्षको बाढीले समेत क्षतिग्रस्त बनाएको थियो। बाढीका कारण पटक–पटक आवतजावतमा समस्या दोहोरिँदै आए पनि अहिलेसम्म स्थायी पक्की पुल निर्माण हुन सकेको छैन। बागमती प्रदेश सरकारले धौखोलामा पक्की पुल निर्माणका लागि ५० लाख रुपैयाँ बजेट निकासा गरिसकेको भए पनि समयमै काम अघि नबढ्दा स्थानीयवासी र यात्रुले सास्ती व्यहोर्दै आएका छन्।
हाललाई काठेपुल बनाएर अस्थायी रूपमा आवतजावत सहज पारिए पनि वर्षायाममा पुनः ठूलो बाढी आउने जोखिम उत्तिकै छ। ढोला, मैदी र नलाङ हुँदै ज्वालामुखी गाउँपालिका जोड्ने सडक वर्षौँदेखि प्रभावित हुँदै आएकाले निकासा भइसकेको बजेटबाट यथाशीघ्र पक्की पुल निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पक्की पुल निर्माणमा ढिलाइ भए आगामी दिनमा यातायातका साथै सर्वसाधारणको दैनिक जनजीवन थप कष्टकर बन्ने देखिन्छ।
उक्त क्षेत्र महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरूसँग जोडिएको क्षेत्रसमेत हो। ज्वालामुखी गाउँपालिका सांसद बसुमाया तामाङको माइतीघरका साथै विघटित प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्रीसमेत रहनुभएका सभामुख डिपी अर्यालको परिवार बसोबास गर्ने थलो हो। त्यसैगरी संसदीय सुनुवाइ समितिका सभापति एवम् धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठ र बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको जन्मथलो पनि यही क्षेत्र पर्दछ। यस्तो महत्वपूर्ण पहुँच मार्गमा दिगो समाधान नहुँदा स्थानीयवासी आक्रोशित र चिन्तित बनेका छन्।

Hmm, this guide is useful, but remember that even with a community hub like ph444 com, solid bankroll management beats any flashy slot feature. Always approach gaming with caution! ph444 com