धादिङमा ड्रागन फ्रुटको कमाल: पखेरा बारीदेखि घरको छतसम्म सुन फलाउँदै किसान
87 पटक पढिएको
धादिङ-धादिङमा व्यावसायिक रूपमा सुरु गरिएको ड्रागन फ्रुट खेतीले यतिबेला स्थानीय किसानहरूको जीवन शैली बदलेको छ। पखेरा बारीदेखि घरको छतसम्म लटरम्म फलेका राताम्मे ड्रागन फ्रुटले किसानहरूलाई मनग्य आम्दानीको स्रोत मात्र दिएको छैन, मेहनत गरे आफ्नै भूमिमा समृद्धिको नयाँ ढोका खोल्न सकिन्छ भन्ने दरिलो उदाहरण पनि पेस गरेको छ।
गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानका शिव भण्डारीले त झन् मानिसले गर्न चाहे घरकै छतमा पनि गजबको फल फलाउन सकिन्छ भन्ने साबित गरिदिएका छन्। विगतमा साना किसानहरूलाई संगठित गर्दै सहकारी निर्माणमा योगदान पुर्याएका भण्डारीले घरका पुराना तथा फालिएका प्लास्टिकका बाल्टी र बिग्रिएका भाँडाहरू प्रयोग गरेर छतमा ५० ओटा भाँडामा ड्रागन फ्रुट हुर्काएका छन्। केही वर्षअघि नवलपरासीबाट ३ ओटा बिरुवा ल्याएर सुरु गरेको यो प्रयोगले अहिले पर्यटकीय आकर्षणकै रूप लिएको छ। पृथ्वीराजमार्गकै छेउमा घर भएकाले सवारी साधन रोकिँदा यात्रु तथा चालकहरूसमेत उनको घर सोध्दै छतको खेती हेर्न र तरिका सिक्न आउने गर्छन्। गत वर्ष थोरै फलेको भए पनि यस सिजनमा उनले घरकै छतको फल बेचेर आम्दानी लिईरहेका छन् । सही पोषक तत्त्व र थोरै पानी पाए तातो र घाम लाग्ने ठाउँमा यो खेती निकै सप्रिने उनको अनुभव छ।
अर्कातिर, नीलकण्ठ नगरपालिकामा व्यावसायिक रूपमै ठूलो क्षेत्रफलमा यो खेती फस्टाएको छ। विसं २०५० मा शिक्षण पेसा छाडेर पूर्ण रूपमा कृषिमा होमिएका नीलकण्ठ-१२ सांकोषका छविन्द्रनारायण श्रेष्ठले २०७८ देखि १० रोपनी बारीमा आठ सय बोट ड्रागन फ्रुट लगाएका हुन्। २२ लाख रूपैयाँ लगानी गरिसकेका उनको बारीमा अहिले चार सय बोटले फल दिइरहेका छन्। बारीबाटै प्रतिकिलो पाँच सय रूपैयाँमा बिक्री भइरहेको यो फल किन्न मानिसहरू उनको घरसम्मै पुग्ने गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत फल पाकेको खबर फैलाएपछि ताजा फल चाख्न र किन्न टाढा-टाढाबाट मानिसहरू बारीमै आउँछन्। कृषिमा फाइदा छैन भन्ने धारणालाई गलत साबित गर्दै खेती विस्तारमा लागेका श्रेष्ठ, वास्तविक किसानले अनुदान नपाएर नेताका झोलेहरूले पाउने परिपाटी अन्त्य गरी उत्पादनका आधारमा सरकारले सहयोग गर्नुपर्ने माग गर्छन्।
त्यस्तै, नीलकण्ठ-१ पात्लेका गणेश गुरुङले पनि भारतीय सेनाको जागिरबाट पेन्सन पकिसकेपछि तीन रोपनी बारीमा दुई सय बोट ड्रागन फ्रुट लगाएका छन्। एकपटक रोपेपछि २५ वर्षसम्म निरन्तर उत्पादन लिन सकिने र खासै धेरै गोडमेल वा हेरचाह नगरे पनि हुने भएकाले परम्परागत अन्नबालीको तुलनामा यसबाट निकै राम्रो आम्दानी भइरहेको उन बताउँछन्। वैशाखदेखि मङ्सिरसम्म आठ महिना निरन्तर फल्ने यो फल उनले बारीबाटै बेचिरहेका छन्, जुन धादिङबेँसी बजारमै सजिलै खपत भइरहेको छ।
औषधीय गुणले युक्त र बजारमा उच्च माग रहेको ड्रागन फ्रुट फुलेको ३० दिनभित्र पाकेर खान योग्य हुन्छ भने टिपेपछि पनि १५ दिनसम्म बिग्रिँदैन। धादिङ जिल्लाभर हाल एक दर्जनभन्दा बढी किसानहरू यस खेतीमा जोडिएका छन्। व्यावसायिक रूपमा बारीमा लगाउने होस् या घरको छतमा, जाँगर र सही सोच भए आफ्नै देशभित्र सम्भावनाको ठूलो खानी छ भन्ने सन्देश धादिङका यी प्रगतिको पथमा अघि बढेका किसानहरूले दिएका छन्।








I love how easy it is to navigate through the different categories. It feels professional and secure. I will be sticking with idbatavia1 for a long time.
The APK installation was quick and the app is very lightweight. Perfect for those of us who want to play on the move. Check phokbetapk
Really great community and exciting gameplay. It is hard to find a site that balances fun and reward this well. Check out pak888game
gamepk has a surprisingly good range of games. Nothing mind-blowing, but some solid picks for sure. Take a look if you need something fresh to play: gamepk