धादिङको ऐतिहासिक भैरवी मन्दिरका मूल पुजारी कुलबहादुर राना मगर (भगवान) को निधन

341 पटक पढिएको

८ भाद्र २०८३, सोमबार १४:१० सम्पादक: धादिङ न्यूज

 

धादिङवेशी। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६, सुनौलाबजारमा रहेको धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्त्वको भैरवी मन्दिरका मूल पुजारी कुलबहादुर राना मगर (भगवान) को निधन भएको छ।

नीलकण्ठ ६ रानागाउँ निवासी ५१ वर्षीय पुजारी राना मगरको उपचारका क्रममा भदौ ७ गते आइतबार काठमाडौँस्थित वीर अस्पतालमा मृत्यु भएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएपछि उनको वीर अस्पतालमा उपचार भइरहेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो।

स्वर्गीय पुजारी राना मगरका २ श्रीमती, २ छोरा र ३ छोरी छन्। उनको आइतबार राति नै दाहसंस्कार गरिएको छ।

भैरवी मन्दिर समितिका पदेन सदस्य समेत रहेका पुजारी राना मगरको असामयिक निधनप्रति समितिले गहिरो दुःख व्यक्त गरेको छ। उनको सम्मान र श्रद्धाञ्जलीका लागि मन्दिरको नियमित सार्वजनिक पूजा एक दिन स्थगित गर्ने विषयमा बैठकबाट निर्णय गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो।

मन्दिर स्थापना कालदेखि नै सुनौलाबजार रानागाउँका राना मगर समुदायका व्यक्ति मात्रै मूल पुजारी हुने परम्परा रहँदै आएको छ। पुजारीको निधनले स्थानीय धार्मिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै सम्पूर्ण समुदाय शोकाकुल बनेको छ।

पुजारीको निधनप्रति नीलकण्ठ ६ का पूर्व वडा अध्यक्ष उद्धव प्रसाद रिजालले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै स्वर्गीय रानाप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।


Finally found a platform that doesn’t lag during the big wins. The interface is super smooth and easy to navigate. Highly recommend checking out phslotphp if you want a hassle-free experience.