बाढीको विनाश: तत्काल उद्धार, पूर्वाधार निर्माण र पूर्वसतर्कता अपनाउन पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेको आग्रह
119 पटक पढिएको
धादिङ । तिब्बत (रसुवा सीमा) बाट बगेको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लामा अत्यन्तै ठूलो क्षति पुर्याएपछि वागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको बैठक सकेर काठमाण्डौं फर्कने क्रममा गल्छी क्षेत्र पुगेर बाढीको विनाशकारी स्वरूप प्रत्यक्ष अवलोकन गर्नुभएका पाण्डेले पुलहरू बगाउँदा प्रभावित क्षेत्रका नागरिकले ठूलो संकट भोग्नुपरेको बताउनुभयो। बाढीका कारण धादिङबेँसी जोड्ने मुख्य मोटरेबल पुल, जिन्सेटार पुल, केउरेनी पुल तथा फुर्केखोला स्थित पुल र थुप्रै झोलुङ्गे पुलहरू ध्वस्त भएका छन्।
यस विषम परिस्थितिमा पूर्व मुख्यमन्त्री पाण्डेले बाढीग्रस्त क्षेत्रका नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्दै तत्काल उद्धार, राहत र सुरक्षित बासस्थानको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ। साथै, ठप्प बनेको यातायात र जनजीवन सामान्य बनाउन ध्वस्त भएका पुल तथा सडक पूर्वाधारहरूको छिटोभन्दा छिटो पुनर्निर्माण सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।
नदीमा फेरि बाढी आउन सक्ने सम्भावनाको वस्तुनिष्ठ आकलन गरी सम्भावित जोखिमबारे जनतालाई समयमै सुसूचित गराउन र आवश्यक पूर्वसतर्कता अपनाउन सार्वजनिक आह्वान गर्न पनि पाण्डेले सरकारको ध्यानाकर्षण गराउनुभएको छ। संकटको यस घडीमा सबै राजनीतिक दल, सामाजिक संघसंस्था र आम नागरिकलाई संयमित भई उद्धार र सहायता कार्यमा जुटनसमेत उहाँले अपिल गर्नुभएको छ।








I have tried quite a few online lounges over the years and this place stands out for its genuine community feel. The game selection is top tier and payouts come through faster than I expected. It feels like playing with old friends every single time. Highly recommend giving it a go. casinomillonario