धादिङबेँसी जोड्ने मुख्य पुल बाढीले बगायो, वैकल्पिक सडक सुधार आजैदेखि सुरु हुँदै
234 पटक पढिएको
धादिङ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह अत्यधिक बढेपछि धादिङ र नुवाकोट जोड्ने विभिन्न पक्की पुलहरू बगाएको छ। यसैक्रममा पृथ्वीराजमार्गको फुर्केखोला (मलेखु) बाट धादिङको सदरमुकाम जोड्ने मुख्य स्थलमार्गका रूपमा रहेको फुर्केखोलास्थित त्रिशूली नदीको पक्की पुल बाढीले बगाइदिएपछि सदरमुकाम धादिङबेँसीबाट पृथ्वीराजमार्ग निस्कने मुख्य सडक सञ्जाल पूर्ण रूपमा बन्द हुन पुगेको छ।
मुख्य पुल बगेसँगै वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने सडकको स्तरोन्नति नभएका कारण तत्काल धादिङबेँसीमा मालवाहक सवारीसाधन पुर्याउन निकै कठिनाइ भएको छ। यस विषम परिस्थितिमा सदरमुकामको यातायात व्यवस्थालाई सहज र निरन्तर बनाउन स्थानीयवासीले परेवाटार–गजुरीटार–पिपलटार–अमनटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मासटार जोड्ने करिब २० किलोमिटर वैकल्पिक सडकलाई तत्काल सुधार गर्न सरकारका निकायले पहल गर्नुपर्ने सिद्धलेक–६ परेवाटारका पुष्प थपलिया बताउनुहुन्छ।
कालुपाण्डे मार्ग हुँदै केउरिनीटार पुगेर पृथ्वीराजमार्गको मासटार जोड्ने पक्की पुल तथा केउरिनीटारबाट महेसटार-कल्लेरीटार हुँदै गल्छी निस्कने पुलहरू हाल सुरक्षित रहेकाले यो सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिन्छ। सडकमा आवश्यक स्थानमा लेदो हटाउने, बिग्रिएका भाग मर्मत गर्ने, साँघुरा ठाउँ फराकिलो बनाउने र आवश्यक ठाउँमा ग्राभेल गर्ने हो भने एकै दिनमा सडक सञ्चालनयोग्य बनाउन सकिने आदमटारका स्थानीय राजाराम खतिवडाको भनाइ छ।
स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा खोल्साहरूमा ह्युम पाइप राख्ने, डोजर/एक्स्क्याभेटर परिचालन गरी लेदो पन्छाउने र स्तरोन्नति गर्ने हो भने यात्रुवाहक सवारी साधन सजिलै गुडाउन सकिनेछ। ठूला मालवाहक सवारीका लागि यो ग्रामीण मार्ग चुनौतीपूर्ण भए तापनि साना सवारी साधन र दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन सम्बन्धित निकायको तत्काल ध्यान जानु आवश्यक रहेको गल्छी गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष कपिल रेग्मी बताउनुहुन्छ।
यसैबिच, प्रधानमन्त्री कार्यालयको निर्देशनमा सडक विभागले मासटार पारिदेखि परेवाटारसम्म ग्राभेलसहित सडक सुचारु गर्ने काम आज बिहान १० बजेदेखि नै सुरु गर्दैछ। सडक मर्मत भएसँगै धादिङबेँसीसम्म साना सवारी साधन र आपत्कालीन ढुवानी सञ्चालनमा आउने अपेक्षा गरिएको छ।








The mobile version works perfectly and I can play anywhere on the go. Very convenient and fast loading times. Try 17jilicasinologin for a smooth ride.
The VIP treatment here is real. I feel like a valued player and the rewards keep coming. Definitely giving sky999vip five stars.