भोटेकोशी बाढी: धादिङका ६५ जना सम्पर्कविहीन, नामावली सार्वजनिक
175 पटक पढिएको
काठमाडौं – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङका ६५ जना नागरिक अझै पनि सम्पर्कविहीन अवस्थामा रहेका छन्। बाढीको वितण्डाले जनजीवन अस्तव्यस्त पारेको छ भने उद्धार र खोजी कार्यलाई पनि कठिन बनाइरहेको छ।
स्थानीय प्रशासनले सार्वजनिक गरेको नामावली अनुसार सम्पर्कविहीन हुनेहरूमा दयाराम लम्साल, छविलाल श्रेष्ठ, नारायण लम्साल, सीता लम्साल (नीलकण्ठ–१२), ठाकुर लम्साल (नीलकण्ठ–१२), सारदा लम्साल (नीलकण्ठ–१२), प्रकाश लम्साल (नीलकण्ठ–१२), इन्दिरा लम्साल (नीलकण्ठ–१२), जानुका लम्साल (नीलकण्ठ–९), राम लम्साल (नीलकण्ठ–९), कृष्णप्रसाद खनाल (नीलकण्ठ–९), राधिका खनाल (नीलकण्ठ–९), रामचन्द्र खनाल (नीलकण्ठ–९), भगवती खनाल (नीलकण्ठ–९), शिवहरी लम्साल (नीलकण्ठ–९), गायत्री लम्साल (नीलकण्ठ–९), सीता लम्साल (नीलकण्ठ–९), राजन लम्साल (नीलकण्ठ–९), न्याउरी लम्साल (नीलकण्ठ–९), सीता तिवारी (नीलकण्ठ–३), तुलसी तिमल्सिना (नीलकण्ठ–३), इश्वरी तिमल्सिना (नीलकण्ठ–३), हरीप्रसाद सिलवाल (सिद्धलेक–१), विन्दा सिलवाल (सिद्धलेक–१), घनश्याम भट्ट (सिद्धलेक–१), कल्पना भट्ट (सिद्धलेक–१), गुणनिधि सुवेदी (सिताराम) (नीलकण्ठ–९), गुणनिधि सुवेदीकी श्रीमती (नीलकण्ठ–९), रामहरि सुवेदी (नीलकण्ठ–९), रामहरि सुवेदीकी श्रीमती (नीलकण्ठ–९), बिसुराम खतिवडा (थाक्रे–७), बिसुराम खतिवडाकी श्रीमती (थाक्रे–७), राजु खतिवडा (थाक्रे–७), राजु खतिवडाका बुवा (थाक्रे–७), राजु खतिवडाकी आमा (थाक्रे–७), बिष्णु बहादुर थापा (थाक्रे–१), सुदिप थापा (थाक्रे–१), शिव बहादुर भुजेल (थाक्रे–७), रोहित भुजेल (थाक्रे–७), अर्जुन तामाङ (थाक्रे–७), देवकुमार पण्डित (थाक्रे–९), निराजन श्रेष्ठ (धुनीबेसी–८), राजेन्द्र श्रेष्ठ (धुनीबेसी–८), राज श्रेष्ठ (धुनीबेसी–६), किरन भुजेल (धुनीबेसी–६), जीवन श्रेष्ठ (धुनीबेसी–६), दशरथ डंगोल (धुनीबेसी–६), नवराज खत्री (धुनीबेसी–६), बिनोद अधिकारी (नेपाल प्रहरी – गल्छी–४), निर्मल लामा तामाङ (प्रहरी सहायक हवल्दार – टिमुरे), रामहरी खड्का (नेपाल प्रहरी – नीलकण्ठ–३), सन्तोष श्रेष्ठ (स्थायी शिक्षक – सिद्धलेक–५), किशोर गौली (प्रभु बैंक – बेनिघाट रोराङ–५), विमल त्रिपाठी (प्रभु बैंक कर्मचारी), सहदेव नेपाल (चालक – गल्छी–८), राजेन्द्र तामाङ (डिब्बा चालक – थाक्रे–११), राम सुवेदी (डिब्बा चालक – थाक्रे–७), मानबहादुर श्रेष्ठ ‘सन्दीप’ (पर्यटक भ्यान चालक – सिद्धलेक–५), जितबहादुर चेपाङ ‘आशिष’ (बेनिघाट रोराङ–२), टेकबहादुर घले (बेनीघाट रोराङ–१०), शन्तबहादुर घले (रुविभ्याली–१), मेन्जा तामाङ (रुविभ्याली–१), आन्त्र तामाङ (रुविभ्याली–१), राकेश घले (रुविभ्याली–१), मिङमार ‘बान्दर’ थापा तामाङ (रुविभ्याली–१) रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ। मौसम खराब भएका कारण उद्धार कार्यमा बाधा पुगिरहेको छ।
सम्पर्कविहीन भएकाहरूको अवस्था थाहा पाउन परिवार र आफन्तजनमा ठूलो चिन्ता र त्रास छ। स्थानीय प्रशासनले सबैलाई धैर्य राख्न र उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदी किनारका घरबस्ती, खेतीयोग्य जमिन र भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।








Very impressive selection of games and the local payment methods make everything so much easier. I am very satisfied with this service. vnneu88
I love how I can play on the go without any glitches. The app version is just perfect for my daily breaks. Cheers to kishphapp!