भोटेकोसी बाढीः थाक्रे गाउँपालिकाका २१ जना सम्पर्कविहीन, गाउँपालिकाद्वारा नामावली सार्वजनिक (सूचीसहित)

156 पटक पढिएको

११ भाद्र २०८३, बिहीबार १६:५१ सम्पादक: धादिङ न्यूज

धादिङ । भोटेकोसीमा भदौ १० गते आएको भिषण बाढीका कारण थाक्रे गाउँपालिकाका २१ जना स्थानीय बासिन्दा तथा सवारी चालकहरू सम्पर्कविहीन भएका छन्। बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि उद्धार कार्यलाई तीव्र बनाइएको अवस्थामा गाउँपालिकाले सम्पर्कविहीन व्यक्तिहरूको आधिकारिक नामावली सार्वजनिक गरेको हो।

गाउँ कार्यपालिकाको कार्यालय, महादेवबेसीले भदौ ११ गते एक सूचना जारी गर्दै खोजी, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन सरकार, नागरिक समाज तथा सर्वसाधारण सबैमा हार्दिक अपिल गरेको छ। सम्पर्कविहीन भएकाहरूलाई देख्नुहुने, फेला पार्नुहुने वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूलाई गाउँपालिका कार्यालय वा नजिकैको प्रहरी चौकीमा तत्काल सूचना उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्रीद्वारा हस्ताक्षरित सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिहरूको विवरण यस प्रकार छ:

सम्पर्कविहीन व्यक्तिहरूको नामावली:

वडा नं. १

  • विष्णु बहादुर थापा

  • सुदिप थापा

वडा नं. २

  • रबिन राई

वडा नं. ३

  • रमेश मगर

वडा नं. ४

  • हिसिला लामा

वडा नं. ७

  • राज कुमार खतिवडा

  • विष्णुराम खतिवडा

  • जमुना खतिवडा

  • राम कुमार खतिवडा

  • मैया खतिवडा (कान्छी खतिवडा)

  • सुरेश सुवेदी (चालक)

  • शिव बहादुर भुजेल (रामभक्त भुजेल) – चालक

  • रोहित भुजेल

  • सिता बरुवाल पन्त

वडा नं. ८

  • हर्क बहादुर तामाङ (अर्जुन) – कन्टेनर चालक

  • दशरथ डंगोल – प्लेट चालक

  • राज कुमार आले – स्कोर्पियो चालक

वडा नं. ९

  • किरण भुजेल

  • राजकुमार पण्डित (देव कुमार)

वडा नं. ११

  • राजेन्द्र तामाङ

  • विपिन श्रेष्ठ

सम्पर्क वा सूचना दिनका लागि गाउँपालिकाले महादेव जोशी (९८४DE६७४८५) र पवन सुवेदी (९८४१९०६६७१) को सम्पर्क नम्बर तथा टेलिफोन नं. ०१०४१५१०८ उपलब्ध गराएको छ।


The immediate need here is robust, real-time data mapping and communication infrastructure. Utilizing geo-tagging and community platforms, like those found on PH799 vip, can drastically accelerate search and rescue efforts and information flow during such crises.