सांसद आशिका तामाङलाई आरोप पुष्टि गर्न गल्छी–४ का वडाध्यक्षको चुनौती
646 पटक पढिएको
धादिङ । बाढीले बगाएर ल्याएको बैंकको भल्ट फुटाएर रकम बाँडफाँड गरेको भन्दै धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले फेसबुकमार्फत दुष्प्रचार गरी चरित्र हत्या गर्न खोजेको भन्दै गल्छी–४ का वडाध्यक्ष राजु अधिकारीले कडा आपत्ति जनाएका छन्। सांसद तामाङलाई आफूमाथि लगाइएको आरोपको पुष्टि गर्न खुला चुनौती दिँदै उनले भ्रम एवम् अफवाह फैलाउनेहरूविरुद्ध कानुनी उपचारमा जाने चेतावनी दिएका छन्।
सांसद तामाङले गल्छीको मासटारमा बाढीले बगाएर ल्याएको भल्ट फोरेर रकम लगिएको र पछि प्रहरीको रोहवरमा फिर्ता भइरहेको दाबीसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्रिशूलीमा आएको विनाशकारी बाढीपछि गल्छी क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी रहँदा दुई जनप्रतिनिधिबीचको यो विवाद सतहमा आएको हो।
वडाध्यक्ष अधिकारीका अनुसार स्थानीयले नदीबाट लकर ल्याएर फुटाई रकम लगेको जानकारी पाउनासाथ उनले आफैँ पहल गरी सम्बन्धित व्यक्तिहरूलाई यस्तो गलत काम नगर्न र रकम तत्काल फिर्ता गर्न निर्देशन दिएका थिए। तत्पश्चात् शुक्रबार बिहान ७ बजे नै जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीलाई खबर गरी भेटिएको सम्पूर्ण रकम फिर्ता गराएर प्रहरीले मुचुल्कासमेत उठाइसकेको थियो। यसरी जिम्मेवारीपूर्वक कार्य गर्दागर्दै पनि आफूमाथि मिलेमतोको आरोप लगाइनु नियतवश गरिएको चरित्र हत्या भएको उनको भनाइ छ।
सांसद जस्तो जिम्मेवार व्यक्तिले अरूले भनेको भरमा तथ्य दोहोरो पुष्टि नगरी सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै अधिकारीले यसबारे कानुनी सल्लाह लिइरहेको बताएका छन्। सार्वजनिक बिदा सकिनासाथ नेपाल प्रहरीको साइबर ब्युरो लगायतका कानुनी निकायमा पुगेर भ्रम फैलाउनेहरूविरुद्ध आधिकारिक उजुरी दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
सांसदले फेसबुकमा पोस्ट गर्दैमा सत्य भइहाल्छ भन्ने भ्रम बोकेर कुरै नबुझी सामाजिक सञ्जालमै प्रहरी, न्यायाधीश र दण्ड जरिवाना तोक्ने काम नगर्नसमेत उनले चेतावनी दिएका छन्। बाढीपहिरोले हजारौँ नागरिकको जीवन जोखिममा परेका बेला आफ्नो पहिलो प्राथमिकता राजनीति नभई नागरिकको जीवन र सम्पत्तिको सुरक्षा रहेको स्पष्ट पार्दै वडाध्यक्ष अधिकारीले विपद्को समयमा सस्तो लोकप्रियता र अफवाहका पछाडि नलाग्न सबैमा आग्रह गरेका छन्।








The mobile version works perfectly on my phone. I can play anywhere and anytime without any lag. Truly impressed with phphoneph.
Really impressed with the user interface. Everything is where it should be and the games run without any glitches. Keep it up! phjilino2