सांसद आशिका तामाङद्वारा वडाध्यक्षकाे बदनाम गराउन लगाईन झूटो आरोप
232 पटक पढिएको
गल्छीमा बाढी राहत बैठकमा सांसद आशिका तामाङले वडाध्यक्षलाई हप्काएपछि विवाद, १०० भन्दा बढी परिवार प्रभावित
धादिङ, १४ भदौ । सांसद आशिका तामाङले सामाजिक सञ्जालको चरम दुरुपयोग गरी चरित्र हत्या गर्ने, बदनाम गराउने र भ्रम फैलाउने काम गरेको भन्दै धादिङको गल्छी गाउँपालिकाका वडाध्यक्षहरूले आपत्ति जनाएका छन्। आइतबार बिहानैदेखि फेसबुक लगायत डिजिटल मिडियामा सुनियोजित ढंगले बाढीपीडितलाई गल्छीका वडाध्यक्षहरूले राहत नदिएको भन्ने आशयबाट सांसद तामाङले भ्रमपूर्ण प्रचार गरेको भन्दै वडाध्यक्षहरूले सांसद तामाङको भूमिका समाज भड्काउनेतर्फ रहेको बताएका छन्।
राहतको विषयलाई लिएर सांसद आशिका तामाङ र गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरूबीच भएको चर्काचर्कीको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ। भिडियोमा सांसद आशिका तामाङले औँला उठाउँदै ३ दिनसम्म किन राहत नबाँडेको भन्दै आक्रोश व्यक्त गरेको देखिन्छ भने त्यहाँ उपस्थित वडाध्यक्ष लगायतका व्यक्तिहरूले “हामीले बाँडेका छौँ, तपाईँले हामीलाई हप्काउने? ” भन्दै प्रतिकार गरेको प्रस्ट सुनिन्छ।
भदौ १३ गते गल्छी गाउँपालिकामा आयोजना गरिएको सर्वपक्षीय बैठक सांसद तामाङकाे कारण तनावग्रस्त बनेको थियो। भोटेकोशी मा आएको प्रलयकारी बाढीले पुर्याएको क्षति, पीडितहरूको उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्न शनिबार गाउँपालिकामा आयोजित बैठकमा प्रवेश गर्ना साथ सांसद तामाङले वडा अध्यक्ष हरुलाई इंगित गर्दै होच्याएर बोल्न थालेपछि त्यहाँ रहेका वडा अध्यक्ष हरुले उनको बोली प्रति आपत्ति जनाएका थिए।
सांसद तामाङले नियतबस वडाध्यक्षलाई आरोप लगाएपछि बैठक तनावग्रस्त बनेकाे थियो। रास्वपा गल्छीका अध्यक्ष कुमार रिमालले वडाध्यक्षहरूलाई शान्त भइदिन पटक-पटक अनुरोध गरेका थिए।
संबिधानले स्पस्ट पहिचान दिएको स्थानीय जनप्रतिनिधिलाई संघिय सांसद ले हली गोठाला जसरी हेपेर बोलेपछि आफूहरुले उनको रवैयाको विरोध जनाउनु परेको वडा अध्यक्ष राजु अधिकारीले बताउनु भयो।
‘आएर एक्कासि थर्काउनुभयो, हामीलाई पनि रिस उठ्यो’ ६ नम्बरका वडाध्यक्ष दिपक कार्की बताउनु हुन्छ।
भदौ १२ गतेको बाढीले गल्छी क्षेत्रमा ठूलो क्षति पुर्याएपछि विपद् व्यवस्थापनबारे छलफल भइरहँदा सांसद तामाङले ‘अहिलेसम्म के हेरेर बसेको?’ भन्दै प्रश्न गरेपछि भनाभन सुरु भएको वडाध्यक्ष कार्कीले बताउनु भयो।
वडाले यसअघि नै प्रतिपरिवार १०-१० हजार रुपैयाँ नगद राहत तथा चाउचाउ, बिस्कुट जस्ता खाद्य सामग्री वितरण गरिसकेको भएपनि हचुवाकाे भरमा ३ दिन सम्म किन राहत नदिएको भन्दै सांसद तामाङले स्टन्ट गरेको दाबी वडाध्यक्ष कार्कीकाे छ ।
“घटना पछि हामी रातदिन नभनी उद्धार र राहतमा खटिरहेका छौँ। सांसद तामाङले आफूले पठाएको राहत सामग्री वितरण नभएको भन्दै हप्काउने शैलीमा प्रश्न गर्नुभयो, तर त्यो सामग्री कहाँ आयो भन्नेबारे हामीलाई कुनै जानकारी नै थिएन। यस्तो संकटको बेला आएर बिना कारण थर्काएपछि हामीलाई पनि रिस उठ्यो।”
स्थानीय जनप्रतिनिधिहरूले गाउँपालिकाले आफ्नै स्रोत-साधनले भ्याएसम्म विस्थापितहरूलाई अस्थायी ‘होल्डिङ सेन्टर’ मा राखेर खानपान र आपत्कालीन सहयोग गरिरहेको अवस्थामा सांसदले बिना अध्ययन हचुवाका भरमा झुटो आरोप लगाएको भन्दै आपत्ति जनाएका छन्।
सांसद तामाङको शैली र अभिव्यक्तिलाई लिएर रास्वपाका गल्छी गाउँपालिका नेता निरज वाग्लेले समेत असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै वाग्लेले ३ दिनसम्म जनताले राहत नपाएको भनी सांसद तामाङले बोलेको कुरा गलत भएको बताएका छन्। बाढी आएको २४ घण्टाभित्रै वडा, पालिकाका जनप्रतिनिधि, कर्मचारी र युवाहरू मिलेर नामावली संकलन गरी बाढीपीडितलाई १०-१० हजार रुपैयाँ वितरण गरिसकिएको र त्यसको सूची आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका छन्।
३ दिनसम्म केही नपाएको भन्दै मिडियाबाजी गर्ने र स्थानीय तहको बेइज्जत गर्न खोज्नेहरूप्रति दुःख व्यक्त गर्दै वाग्लेले सांसद तामाङसमक्ष स्थानीय तहले गरेका कामको वास्तविक जानकारी नगराउनु पार्टीको वडा र पालिका कमिटीको कमजोरी भएको स्वीकार गरेका छन्। साथै, वास्तविक वस्तुस्थिति नबुझी सांसद तामाङले स्थानीय जनप्रतिनिधिसँग त्यसरी बोल्नु गलत भएको उल्लेख गर्दै विपद्को घडीमा स्थानीय जनप्रतिनिधिहरूलाई पनि उस्तै दुःख परेको कुरा बुझिदिन आग्रह गरेका छन्।
यसैगरी, पत्रकार मनिष दुवाडीले पनि सामाजिक सञ्जाल मार्फत सांसद तामाङको कार्यशैलीको आलोचना गर्नुभएको छ। सांसद तामाङको नियत र मनमा पाप नभए पनि भोटेकोशी बाढीको कहरपछि सबैभन्दा पहिला गल्छी गाउँपालिकाले नै बैरेनी बजारमा घर डुबानमा परेकाहरूलाई पहिलो दिनमै नगद १० हजार र खाद्यान्न राहत उपलब्ध गराएको उहाँले उल्लेख गर्नुभएको छ।
बाँकी व्यवस्थापनको छलफलमा रातदिन खटिएका जनप्रतिनिधिहरूमाथि अरेका भरमा झम्टिने र ३ दिनसम्म के हेरेको थियौ भन्दै तथानाम भन्नु सही नियत नभएको दुवाडीको भनाइ छ। भूगोल र घटनाक्रम नबुझी आशिकाले जे गरे पनि सही हो भन्दै सामाजिक सञ्जालमा अन्धभक्ति देखाउने जमातप्रति टिप्पणी गर्दै उहाँले निर्वाचित सांसद भएपछि आफ्नो प्रस्तुत हुने शैली सुधार्नुपर्ने र समर्थकको अन्धभक्तिले अझ मातिँदै गएको शंका उत्पन्न भएको बताउनुभएको छ।
गाउँपालिका विपद व्यवस्थापन शाखाका अनुसार भोटेकोशीको विनाशकारी बाढीका कारण गल्छी गाउँपालिकाका वडा नम्बर ८ को कोलपुखोला, वडा नम्बर ६ को महेशदोभान-बैरेनी र वडा नम्बर ४ को बेल्खु क्षेत्रका १५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। तीमध्ये ५० घरपरिवार पूर्ण रूपमा घरविहीन बनेका छन्।
बाढीका कारण स्थानीय महेशदोभान बजार, अमलेश्वर महादेव मन्दिर क्षेत्र, गुरुकुल विद्यापीठ, बागेश्वरी माध्यमिक विद्यालय र बैरेनी अस्पताल , आयुर्वेद स्वास्थ्य केन्द्र,सक्सेस मावि लगायतका सार्वजनिक तथा संस्थागत संरचनाहरू डुबानमा परेर क्षति भएका छन्। बाढीले सार्वजनिक सम्पत्तिको साथै करोडौँको निजी सम्पत्तिमा समेत ठूलो नोक्सानी पुर्याएको छ
स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरू सहभागी बैठकमा विवाद चर्किएपछि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले आफूहरु दिनरात नभनी बाढी पीडितको लागि खटिरहेको बताउनु भएको छ।
अहिलेको प्राथमिकता आरोप-प्रत्यारोप नभई विस्थापितको उद्धार र पुनर्स्थापना भएको अध्यक्ष खतिवडाले स्पष्ट पार्नुभयो।
अध्यक्ष खतिवडाका अनुसार बाढीले क्षति पुर्याएका विद्यालय, अस्पताल लगायतका सार्वजनिक संरचनाको पुनर्निर्माण तथा विस्थापित भएकाहरूको सुरक्षित बसोबास, खानपान र स्वास्थ्यमा कसरी सहयोग गर्ने भन्ने विषय नै अहिलेको मुख्य दायित्व हो। गाउँपालिकाले आफ्नो तहबाट राहत जारी राखे पनि ठूलो परिमाणको क्षतिको लागि संघ र प्रदेश सरकारसँग तत्काल ठूलो राहत प्याकेज र बजेट माग गर्ने निर्णयसमेत बैठकले गरेको छ।
सांसद तामाङले भनेको कुरामा कुनै सत्यता नभएको भन्दै रास्वपा का स्थानिय नेता कार्यकर्ताले नै सामाजिक सञ्जाल मार्फत प्रस्ट पारेका छन्।
आइतबार बिहान आशिका तामाङ ले आफ्नो फेसबुकमा वडाध्यक्षले राहत नदिएको भन्ने देखाउन भिडियो पोस्ट गरेपछि केही व्यक्तिले यथार्थ नबुझी आशिकाको काम सही भएको भन्दै नकारात्मक प्रचाप्रसारलाई तिब्रता दिएको बेला रास्वपा बाट निर्वाचित धादिङ २ का सांसद बोध नारायाण श्रेष्ठ ले आफू पनि गल्छी गएको प्रचारमा आएको भन्दा धेरै राम्रो काम भएको बताउनु भएको छ। सांसद तामाङले भने भन्दा फरक अवस्था भएको उहाँले बताउनु भएको छ।








[802516]supplies professional anti-violence equipments and solutions for the whole world with strong and perfect production capacity. anti-violence.org