त्रिशूलीको बाढीले गल्छीकाे बागेश्वरी माध्यमिक विद्यालयमा विध्वंस: ४७५ विद्यार्थीका सपना हिलोमा पुरिए, करोडौँको क्षति
70 पटक पढिएको
केशव अधिकारी
धादिङ, १६ भदौ ।भदौ १० गतेको बिहान धेरैको लागि कहिल्यै नबिर्सिने एउटा कालो दिन बनेर आयो। रसुवा, नुवाकोट र धादिङका विभिन्न भूभागमा कल्पनै गर्न नसकिने क्षति पुर्याउँदै आएको बिनाशकारी बाढीले धादिङको गल्छी गाउँपालिका वडा।नम्बर ६ बैरेनी बजारमा रहेको यस क्षेत्रकै पुरानो र अत्यन्त प्रतिष्ठित श्री बागेश्वरी माध्यमिक विद्यालयलाई क्षतविक्षत बनाएको छ। मुख्य नदीको बहावभन्दा करिब १ किलोमिटर टाढा रहेको विद्यालय परिसरसम्म यसरी उर्लिएर लेदोसहितको बाढी आउला र सिङ्गो विद्यालयलाई नै डुबाउला भनेर न त स्थानीयवासीले सोचेका थिए, न त शिक्षक, विद्यार्थीहरूले नै। महेशदोभानको अम्लेश्वर महादेव मन्दिर क्षेत्रबाट छिरेको त्रिशूलीको रोद्र रूपले महेश दोभानदेखि बैरेनी बजारसम्मका धेरै निजी तथा सार्वजनिक संरचनाहरू नष्ट गर्यो। बाढीको सोही ताण्डवका कारण अम्लेश्वर महादेव मन्दिर, गुरुकुल विद्यापीठ, बैरेनी अस्पताल, आयुर्वेदिक अस्पताल र सक्सेस माध्यमिक विद्यालय समेत गम्भीर रूपमा प्रभावित बने।
बाढीको खबर पाउनासाथ ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागदौड गर्दा बालविकासदेखि कक्षा १० सम्मका ४७५ जना अबोध बालबालिकाहरूले आफ्ना प्रिय किताब, कापी, झोला र टिफिन बट्टा कक्षाकोठामै छाड्न बाध्य भएका थिए। बाढी साम्य भएपछि हेर्दा ती सबै झोलाहरू हिलो र लेदोमा पुरिएका भेटिए। शिक्षक बासुदेव भण्डारीका अनुसार हिलोबाट खोस्रिएर निकालिएका ती किताब-कापीहरू पूर्ण रूपमा बिग्रिएका छन् र अब प्रयोग गर्नै नमिल्ने अवस्थामा छन्। आफ्ना पठनपाठनका सामाग्री र सपनाहरू हिलोमा बगेको देखेर टोलाएका बालबालिकाको दृश्यले जोकोहीको मुटु अमिलो बनाउँछ। अहिले कक्षा १० सम्मका सयौँ विद्यार्थीलाई तत्काल ४७५ सेट नयाँ वा पुराना प्रयोग गर्न मिल्ने नच्यातिएका पाठ्यपुस्तक उपलब्ध गराउनु नै सबैभन्दा ठूलो मानवीय चुनौती बनेको छ। शिक्षक भण्डारीले कसैसँग पुराना नच्यातिएका पाठ्यपुस्तक भए सहयोग गरिदिन भावुक अपिल गर्नुभएको छ।
विद्यालयले जारी गरेको आधिकारिक क्षति विवरण अनुसार बाढीले विद्यालयका ५ वटा भवनका तल्लो तला पूर्ण रूपमा पुरेको छ। कम्प्युटर ल्याबमा रहेका १६ थान कम्प्युटर सेट, कम्प्युटर कुर्सी, डेस्क, प्रिन्टर, फोटोकपी मेसिन र ३ थान ल्यापटप पूर्ण रूपमा नष्ट भएका छन्। त्यसैगरी विज्ञान ल्याबमा रहेका कक्षा १२ सम्मका जीवविज्ञान, रसायनविज्ञान र भौतिकविज्ञानका महँगा प्रयोगशाला सामग्री, दराज, टेबल र फर्निचर हिलोमा विलीन भएका छन्। बाल कक्षा सङ्गै रहेको नर्स कक्षाका साना बालबालिकाका शैक्षिक सामग्री, ५० थान चकटी, लो-टेबल, बेड तथा प्राथमिक उपचारका उपकरण र औषधिहरू नासिएका छन्। खानेपानीका ३ थान मोटर, ट्याङ्की, १०० मिटर पाइप, १०० मिटर बिजुलीको तार र शौचालयहरूमा माटो पसेर सम्पूर्ण प्रणाली ठप्प भएको छ। क्यान्टिनका २ थान फ्रिज, सिलिन्डर, खाद्यान्न, २००० थान भाडाकुडा, स्टेशनरी, १ थान मोटरसाइकल, बालपार्क, इन्टरलक ब्लक र प्राङ्गणमा रहेको सरस्वती मन्दिर समेत बाढीको चपेटमा परेर क्षतिग्रस्त बनेकाे विद्यालयकी प्रधानअध्यापक ज्ञानु थापाले बताउनु भयो ।
आफ्नो बाल्यकाल बितेको र ज्ञानको दीप बालेको ऐतिहासिक विद्यालय हिलोको टापुमा परिणत भएको देखेपछि सोही विद्यालयका पूर्व विद्यार्थी हरी भण्डारीले व्यक्तिगत खर्चमा जेसिभि मेसिन उपलब्ध गराई हिलो पन्छाउने काममा सहयोग गरिरहेका छन् ।
विद्यालय परिसरमा जमेको लेदो र फोहोर हटाउन नेपाली सेना, स्थानीयवासी, शिक्षक, अभिभावक र विभिन्न स्वयंसेवक समूहहरू अहोरात्र खटिएका छन्।
विद्यालयका पूर्व प्रधानाध्यापक राजन प्रसाद अधिकारीका अनुसार खानेपानी, बिजुली, फर्निचर र पूर्वाधारमा व्यापक क्षति पुगेकाले सरसफाइ लगत्तै नियमित पठनपाठन सुचारु गर्न निकै चुनौतीपूर्ण रहेको छ। यस संकटको घडीमा भौतिक पुनरुत्थान र ४७५ जना विद्यार्थीका लागि पाठ्यपुस्तक जुटाउन स्थानीय सरकार, शिक्षाप्रेमी र सम्पूर्ण सहयोगी मनहरूसँग ऐक्यबद्धता र सहयोगको याचना गरिएको








Best place for those who love high stakes and big thrills. The atmosphere is just right and the navigation is easy. Give 600betluckydragon a try.
Top notch entertainment and very fair odds. I’ve tried many sites but this one stands out the most in terms of quality. Go to pkca777 now.
Everything about this site is professional. From the security to the withdrawal speed, it’s all perfect. Visit luck97login for a premium feel.