कृष्णभीरमा त्रिशूलीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउन १५ दिन लाग्ने
75 पटक पढिएको
धादिङ, १८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोपछि अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन कम्तीमा १५ दिन लाग्ने भएको छ।
भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान हुँदा राजमार्ग अवरुद्ध भएको हो। सडकको तल्लो भाग कटानसँगै माथिल्लो भूभागमा समेत चिरा परेका कारण थप पहिरोको जोखिम देखिएको सडक विभागले जनाएको छ।
सडक विभागले प्राविधिक तथा भौगर्भिक विज्ञसहितको टोली परिचालन गरी राजमार्ग तत्काल सञ्चालनमा ल्याउने तयारी थालेको छ। विभागका सहसचिव चुणाराज ढकालले कृष्णभीरको स्थलगत अनुगमनपछि राजमार्गलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइने बताए।
उनका अनुसार विज्ञहरूको प्राविधिक राय लिएर सम्भव भएसम्म १० देखि १५ दिनभित्र राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
‘राजमार्ग खुलाउन सडक विभागले यसलाई उच्च प्राथमिकता दिएको छ। सबै विज्ञहरूको राय लिएर विभागको सम्पूर्ण टिम बसेर निर्णय गरी सकेसम्म १० देखि १५ दिनमा खुलाउने प्रयत्न गर्छौं,’ ढकालले भने।
राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक रूट तथा स्थानीय सडक प्रयोग गरेर यातायात सञ्चालन गर्ने तयारीसमेत भइरहेको विभागले जनाएको छ।
सडक विभागका भू–प्राविधिक विज्ञ मधुसुदन आचार्यका अनुसार कृष्णभीरमा पुरानै स्लोप फेलियर भएको क्षेत्रमा पहिरो दोहोरिएको हो। तत्काल सडक खुलाउन माथिल्लो भागमा रहेका जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको उनले बताए।
यस घटनाले नदी किनार हुँदै निर्माण गरिएका राजमार्गलाई आगामी दिनमा थप दिगो र विपद् प्रतिरोधी बनाउनुपर्ने आवश्यकता पनि देखाएको सडक विभागले जनाएको छ।
विभागका अनुसार नदीमा आउने उच्च बहावलाई ध्यानमा राखेर सडकको उचाइ बढाउने, वैकल्पिक लिंक तथा रूट विकास गर्ने, अग्ला पुल निर्माण गर्ने र आवश्यक स्थानमा साना सुरुङ निर्माण गर्नेलगायतका उपाय अपनाउनुपर्ने देखिएको छ।
प्रारम्भिक लागत केही बढे पनि दीर्घकालीन रूपमा टिकाउ र विपद् प्रतिरोधी प्रविधिमा आधारित राजमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने विभागको निष्कर्ष छ।








Best gaming experience I have had in a while. The graphics are crisp and the gameplay is very intuitive. Give pkoppa888 a try
Finally found a place that treats its members like actual VIPs. The rewards are generous and the customer support is always on point. Give 17krvip a try
I love how fast the loading time is here. Getting my daily bonuses has never been easier than through gg7770login